निर्णय नं. १०९०१ - जग्गा खिचोला मेटाई चलन चलाई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९०१ - जग्गा खिचोला मेटाई चलन चलाई पाऊँ । भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०५/२९ १३७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुस्मालता माथेमा फैसला मिति : २०७९।५।२९ ०७३-CI-०४८७ मुद्दा : जग्गा खिचोला मेटाई चलन चलाई पाऊँ । पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, विठुवा गा.वि.स. वडा नं.३ मौजा मोती भारी बस्ने घोल्लरप्रसादको छोरा रामरूची कुर्मी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला कपिलवस्तु, हरनामपुर गा.वि.स. वडा नं.२ घर भई हाल गा.वि.स. विठुवा वडा नं.३ मौजा मोती भारी बस्ने राममिलन कुर्मीको छोरा बं बहादुर कुर्मी वृद्धावस्थाको महिला आफैँ जग्गा आवाद गर्न सक्ने अवस्थामा नरही सोजग्गा उपभोग गर्ने निजको एकाघरको छोराउपर परेको फिरादलाई अन्यथा मान्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान् अधिवक्ता श्री जगदेव चौधरी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मातृकाप्रसाद निरौला तथा विद्वान् अधिवक्ताद्वय श्री खडानन्द कँडेल र श्री नवराज उपाध्याय अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री हरिप्रताप के.सी. कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा.न्यायाधीश श्री नारायणप्रसाद दाहाल माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट पुनरावेदन अदालत बुटवल फैसला न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई पाउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड जिल्ला कपिलवस्तु गा.वि.स. विठुवा वडा नं.४ को कि.नं. ३८ को ०-१-१८ जग्गा मेरो हक भोग दर्ताको भई सोमा एउटा आँपको रूख र एउटा वोरिङ जडान छ । मिति २०६७।१।१५ गतेका दिन विपक्षीले सो मेरो जग्गामा खनजोत गरी आफ्ना नामको कि.नं. ३७ को जग्गामा मिलाई गाभी खिचोला गरेकोले विपक्षीको सो खिचोला मेटाई चलनसमेत चलाई पाउँ भन्नेसमेतको फिराद दाबी । वादीले दाबी गरेको कि.नं. ३७ को जग्गावाला म होइन । सर्वे कि.नं. ३७ को दर्तावालाले २०/२५ वर्षअघि रोपेका आँपको रूख र वोरिङ सम्बन्धमा मोतिभारी गाउँको सर्जमिन बुझिपाऊँ । वादीले खरिद गरेको कि.नं. ३८ को लिखतमा आँपको रूख र वोरिङ उल्लेख छैन । दाबी झुठा हुँदा फुर्सद पाउँ भन्नेसमेतको प्रतिउत्तर जिकिर । वादीको जग्गा प्रतिवादीको आमा इन्द्रपति कुर्मीको हो । वोरिङ र आँपको रूख निज इन्द्रपतिकै हो भन्नेसमेतको प्रतिवादीका साक्षी बद्रीप्रसाद चौधरीले गरेको बकपत्र । आदेशानुसार विवादित जग्गाको नाप नक्सा र आँपको रूख तथा वोरिङका सम्बन्धमा सर्जमिनसमेत भई मुचुल्का मिसिल सामेल रहेको । न.नं. ३ को विवादित जग्गा वादीको कि.नं. ३८ भित्रको जग्गा मान्दा सर्भेको नक्साको आकृति नै फरक पर्न जाने देखिन्छ सो गर्ने क्षेत्राधिकार यस अदालतलाई नरहेको र कि.नं.३७ को जग्गा रामरूचीका नाउँमा दर्ता नरही इन्द्रमति कुर्मीनका नाउँमा दर्ता रहेको र निज इन्द्रमतिलाई प्रतिवादीसमेत बनाएको नदेखिँदा कि.नं.३८ को जग्गा खिचोला गरेकाले खिचोला मेटाई चलन पाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०६९।२।२ को फैसला । म पुनरावेदकले दाबी गरेको जग्गा कि.नं. ३८ को जग्गाको साँधमा रहेको कि.नं.३७ को जग्गा प्रतिवादीको आमा ईन्द्रपति कुर्मीनको