निर्णय नं. १०९०२ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९०२ - उत्प्रेषणसमेत भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/१२/२९ १०७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७८।१२।२९ ०७६-WO-०६४४ मुद्दा :- उत्प्रेषणसमेत निवेदक : सिराहा जिल्ला, कुशहा गा.वि.स. लक्ष्मीनियाँ वडा नं. ५ परिवर्तित सुखीपुर नगरपालिका वडा नं. ३ स्थायी घर भई स्वास्थ्य कार्यालय, धनुषाको नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, अधिकृत छैठौं तहको खोप सुपरभाइजर पदमा कार्यरत बालेश्वरप्रसाद यादव विरूद्ध विपक्षी : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंसमेत एकै तहमा पनि फरक फरक पदनाममा रहेर गर्नुपर्ने कार्य विवरण फरक हुन सक्ने । कर्मचारीले आफ्नो कार्य सम्पादनको सिलसिलामा स्तरवृद्धि भई प्राप्त गरिसकेको पदलाई जुनसुकै कारण र बेहोराले पनि फरक पर्ने गरी समायोजन गरिँदा निजले गर्नुपर्ने कार्य प्रकृतिमा फरक मात्र पर्ने नभई यसले कर्मचारीको मनोवृत्तिमा समेत प्रतिकूल असर पर्न गई समग्र कार्य सम्पादनमा नै नकारात्मक प्रभाव पर्न जाने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री दिप नारायण साह विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान कर्मचारी समायोजन ऐन, २०७५ आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- तथ्य खण्ड म निवेदकको स्थायी घर बसोबास तथा कार्यरत प्रदेश नं. २ अन्तर्गतको कार्यालय नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहको खोप सुपरभाइजर पदको कर्मचारीलाई विपक्षीबाट समायोजन गर्दा पद घटुवा तथा समायोजनको लागि माग गरिएको प्रदेश नं. २ मा समायोजन नगरी अन्यत्र माग नै नगरिएको कर्णाली प्रदेशमा पदीय मान मर्यादासमेतमा आँच आउने गरी गरिएको विपक्षी सङ्घीय मामिला मन्त्रालयको मिति २०७६।०३।०१ को पत्रानुसार विपक्षी स्वास्थ्य मन्त्रालयको मिति २०७६।०४।०८ को निर्णय र मिति २०७६।०४।०९ को पत्र सच्याई पाउनको लागि तत्कालै विपक्षी सङ्घीय मामिला मन्त्रालयमा घरायसी समस्यासमेतको कारण देखाई निवेदन दिएकोमा विपक्षी सङ्घीय मामिला मन्त्रालयले च.नं.३०, मिति २०७६।०६।०१ मा विपक्षी स्वास्थ्य मन्त्रालयलाई समायोजन संशोधन सम्बन्धमा पत्राचार गरेको भए तापनि म निवेदकको हकमा सो विषयमा हालसम्म कुनै सुनुवाइ नगरी समग्रमा विपक्षी सङ्घीय मामिला मन्त्रालयले मिति २०७६।०९।०९ मा विभिन्न निकायलाई गरिएको पत्राचारको आधारमा जबरजस्ती रमाना बुझ्नु भनी कार्यरत कार्यालयले दबाब दिँदै आएकोले अन्य वैकल्पिक बाटोको अभावमा न्यायको लागि प्रस्तुत रिट निवेदन लिई सम्मानित अदालतमा आएको छु । कर्मचारी समायोजन ऐन, २०७५ को दफा ४ को उपदफा (१) मा निजामती किताबखाना (राष्ट्रिय किताबखाना) मा अभिलेख रहेको विवरणलाई कर्मचारीको समायोजनको आधार मानिने छ भन्ने कानूनी व्यवस्था रहेको र उक्त विवरणमा समेत म निवेदकको पद खोप सुपरभाइजर रही दर्ता तथा अभिलेख रहेको छ । म निवेदकलाई मिति २०७१।०३।१६ को निर्णयबाट प्राप्त भइसकेको खोप सुपरभाइजर पदलाई समायोजनको क्रममा घटुवा गरी कोल्डचेन निरीक्षकमा समायोजन गरिएको छ । ऐ. ऐनको दफा ८ को उपदफा (२) को (ग) मा कर्मचारी हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह (घ