निर्णय नं. १०९०४ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९०४ - उत्प्रेषणसमेत भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०२/१२ ५२५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७९।२।१२ ०७६-WO-०३३० मुद्दाः- उत्प्रेषणसमेत रिट निवेदक : 6 Manoramaganj, Indore - 452001, India स्थित भारतीय कम्पनी ऐन, १९५६ बमोजिम दर्ता रहेको साङ्गी ब्रदर्स (इन्दोर) प्रा लि. (Sanghi Brothers (Indore) Pvt. Ltd.) को तर्फबाट अधिकारप्राप्त Mr. Raveesh Bafna, Executive Director (DIN 02962084) विरूद्ध विपक्षी : उच्च अदालत पाटन, ललितपुरसमेत भारतले न्युयोर्क महासन्धिमा आरक्षण (Reservation) राखेको, पारस्परिकताको हैसियत प्राप्त गर्न भारतीय कानूनमा नै आधिकारिक राजपत्रमा सूचीकृत गरिनुपर्ने व्यवस्था रहेको र सोही कानूनी व्यवस्थाअनुसार भारतीय अदालतहरूले व्यवहार गरेको देखिएको, भारतको कानूनी व्यवस्थाले नेपालको हकमा पारस्परिकतालाई स्वीकार नगरेको र पारस्परिकताको अवस्था छ भनी सन्तुष्ट हुने अधिकार भारतको केन्द्रीय सरकारमा रहेको देखिइरहेको, सो अधिकारको प्रयोग गरी आधिकारिक राजपत्र (Official Gazette) मा सूचना प्रकाशित भई नसकेको अवस्थामा भारतीय मध्यस्थद्वारा दिइएको निर्णयले नेपालको मध्यस्थता ऐन, २०५५ को दफा ३४ को सर्त पूरा गर्छ र सो निर्णय नेपालमा कार्यान्वयन हुन सक्छ भनी सन्तुष्ट हुन सकिने अवस्था नदेखिने । (प्रकरण नं.१०) रिट निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री यादवप्रसाद ढुंगाना र श्री सरोज श्रेष्ठ विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री पूर्णमान शाक्य र श्री निरन्जन आचार्य तथा विद्वान् अधिवक्ताहरू श्री जगत श्रेष्ठ, श्री राजु शाक्य र श्री भेषराज न्यौपाने अवलम्बित नजिर : सम्बद्ध कानून : मध्यस्थता ऐन, २०५५ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६, १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यस प्रकार छः तथ्य खण्ड भारतीय कम्पनी Sanghi Brothers (Indore) Pvt. Ltd. खरिदकर्ता र नेपाली कम्पनी प्रभु हेलिकप्टर प्रा.लि. साबिक Muktinath Airlines Pvt. Ltd.) बिक्रेता भई १७ जुलाई, २०१३ मा हेलिकप्टर (“a helicopter R४४ Raven II, Serial No. १३००६; Registration ९N AJW”) खरिद बिक्री प्रयोजनको लागि समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको थियो । सो समझदारी (MOU) कार्यान्वयनमा विवाद भई सोही समझदारी पत्र (MOU) मा उल्लेख भएबमोजिम विवाद समाधान प्रयोजनको लागि Indian Arbitration and Conciliation Act, १९९६ बमोजिम भारतीय सर्वोच्च अदालतबाट हालको प्रधान न्यायाधीश Hon’ble Mr. Justice Ranjan Gogoi (तत्कालीन मा.न्या) को १५ October, २०१५ को Judgment / Order बमोजिम Justice Mukul Mudgal (Former Chief Justice, Panjab & Haryana High Court) समक्ष विवाद पेस भएको थियो । उक्त विवादमा रिट निवेदक Sanghi Brothers (Indore) Pvt. Ltd. लाई प्रत्यर्थी प्रभु हेलिकप्टर प्रा.लि. ले भा.रू.८४,६७,७७६।- (अक्षेरूपी भा.रू. चौरासी लाख सतसठ्ठी हजार सात सय छयहत्तर रूपैयाँ) र सो रकमको भुक्तानी मितिसम्मको प्रचलित ब्याजदरको अतिरिक्त वार्षिक थप २ प्रतिशत ब्याज रकमसमेत तिर्नु बुझाउनुपर्ने उल्लेख गरी सन् २७।१२।२०१७ (मिति २०७४।९।१२) मा भारतीय मध्यस्थकर्ताबाट New Delhi, India मा रिट निवेदक र प्रत्यर्थी दुवै पक्षको प्रतिनिधित्व गर