निर्णय नं. १०९०७ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९०७ - जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/११/१३ १६१३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७८।११।१३ ०७५-CR-०८९८ मुद्दा:- जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम धादिङ २४ (११९) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : परिवर्तित नाम धादिङ २४ (१२२) समेत प्रतिवादीहरू नाबालिग भएको कारण अर्को पीडित नाबालिगलाई क्षतिपूर्ति नभराउने हो भने समानताको हक प्रतिकूल भई पीडितलाई अन्याय पर्न जाने । प्रतिवादीहरू नाबालिग भएको कारण क्षतिपूर्ति भर्नु नपर्ने भन्ने जबरजस्ती करणीको महलमा उल्लेख भएकोसमेत नपाइने । बालबालिकासम्बन्धी ऐन, २०४८ बालबालिकाको हक हितको संरक्षण गरी उनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गर्ने उद्देश्यसहित बनेको ऐन हो । उक्त ऐन विशेष ऐन भई बालबालिकाले गरेको कसुरमा अन्य वयस्क उमेरका व्यक्तिले गरेको भन्दा सजायमा केही छुटसम्म प्रदान गरेको अवस्थालाई ऐनले क्षतिपूर्तिको दायित्वसमेत बेहोर्नु नपर्ने गरी छुट प्रदान गरेको भनी अर्थ गर्नु मनासिब नहुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६७, नि.नं.८४९४ सम्बद्ध कानून : फौजदारी कार्यविधि संहिता, २०७४ बालबालिकासम्बन्धी ऐन, २०४८ सुरू फैसला गर्ने:- मा. जिल्ला न्यायाधीश श्री ईश्वरराज आचार्य धादिङ जिल्ला अदालत पुनरावेदन फैसला गर्ने:- माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई माननीय न्यायाधीश श्री भोलानाथ चौंलागाई उच्च अदालत, पाटन फैसला न्या.प्रकाशकुमार ढुंगाना : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ:- मिति २०७२।१२।१४ गतेका दिन अन्दाजी ०१:०० बजेको समयमा धादिङ जिल्ला, कटुन्जे गाउँ विकास समिति वडा नं. २ भोक्टेनी स्थित मेरो छोरी परिवर्तित नाम धादिङ २४ (१२०) लाई परिवर्तित नाम धादिङ २४ (१२२) र धादिङ २४ (१२४) समेतले पालै पालो जबरजस्ती करणी गरेको हुँदा निजहरूउपर कानूनबमोजिम कारबाही गरी क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम धादिङ २४(११९) को जाहेरी दरखास्त । जाहेरवालीको धादिङ २४(११९), पीडितको धादिङ २४(१२०), पीडितको हजुरआमाको धादिङ २४(१२१) र नाबालक पीडकहरूको धादिङ २४(१२२) र धादिङ २४(१२४) नाम, थर राख्ने गरी खडा गरेको निर्णय पर्चा । मिति २०७२।१२।१४ गतेका दिन म स्कुलबाट परीक्षा दिई घरतर्फ फर्कंदै गर्दा दिउँसो अन्दाजी ०१:०० बजेको समयमा धादिङ जिल्ला, कटुन्जे गाउँ विकास समिति वडा नं.२ भोक्टेनीमा परिवर्तित नाम धादिङ २४(१२२) र धादिङ २४(१२४) ले फेला पारी मेरो पेन्टी खोली सोही ठाउँमा लडाई पहिला धादिङ २४(१२२) ले त्यसपछि धादिङ २४(१२४) ले पालैपालो गरी आफ्नो सु गर्नेले मेरो सु गर्नेमा भित्र बाहिर गराएका हुन् । निजहरूलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम धादिङ २४(१२०) ले गरिदिएको कागज । मिति २०७२।१२।०७ गतेका दिनदेखि म अध्ययन गर्ने स्कुलमा परीक्षा चलिरहेकोले मिति २०७२।१२।१४ गतेका दिन परीक्षा दिई घरतर्फ फर्कंदै गर्दा