निर्णय नं. १०९०८ - उत्प्रेषण / परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९०८ - उत्प्रेषण / परमादेशसमेत भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/१२/०९ ३८८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७७।१२।९ ०७७-WO-०२०५ विषयः उत्प्रेषण / परमादेशसमेत रिट निवेदक / पक्ष : नुवाकोट जिल्ला साबिक खानीगाउँ गा.वि.स. वडा नं.३ भई हाल परिवर्तित लिखु गाउँपालिका वडा नं.१ स्थित सूर्य कुण्ड रोडा ढुङ्गा उद्योग प्रा.लि.को तर्फबाट अख्तियारनामा लिई आफ्नो हकमा समेत नुवाकोट जिल्ला लिखु गा.पा. वडा नं. ४ बस्ने राजेन्द्र श्रेष्ठ विरूद्ध विपक्ष / प्रत्यर्थी : नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत प्राकृतिक स्रोतहरू सार्वजनिक न्यासको सिद्धान्त (Public Trust Principle) अन्तर्गत राज्य र त्यस भूगोलमा बस्ने जनताका पनि साझा सम्पत्ति हुन । राज्य देशकै अभिभावक र संरक्षक (Trustee, Guardian or Protector) भएको हुँदा संविधान र कानूनको माध्यमद्वारा त्यसको संरक्षण गर्नुपर्ने दायित्व पनि राज्यको हुने । साथै राज्यले यस्तो राष्ट्रिय प्रकृतिको साझा सम्पत्तिजस्तो प्राकृतिक स्रोत कानूनको प्रक्रिया अपनाएर ठेक्‍का र टेन्डरमा दिए पनि गैरकानूनी तरिकाले कानूनी सीमा र दायराभन्दा बाहिर गएर वन, जङ्गल, घाँस, दाउरा, पानी, वनस्पति, जीवजन्तुको बासस्थान, गाउँ वस्ती, जमिन, प्रकृति जस्ता आम समुदाय वातावरण र प्राणीजगत्‌सँग सम्बन्धित चीजवस्तु र क्षेत्रलाई असर पुर्‍याउने गरी जथाभावी अनियन्त्रित रूपमा उत्खनन गर्ने अधिकार कसैलाई पनि नहुने । (प्रकरण नं.२२) विकास र वातावरणलाई एक अर्काको सहायक र पूरकको रूपमा नै हेर्नुपर्ने । (प्रकरण नं.२४) ठुलो लगानी गरेर स्थापना भएका उद्योगहरूलाई सुधार योग्य र सुधारात्मक प्रकृतिका प्राविधिक कमजोरी भएको आधारमा उद्योग नै बन्द गर्ने जस्तो अन्तिम अस्त्र प्रयोग नगरी उद्योगलाई सुधार गर्न लगाउनुपर्ने । (प्रकरण नं.३६) रिट निवेदक / पक्षका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ता श्री हरिहर दाहाल विपक्ष / प्रत्यर्थीका तर्फबाट : सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान वातावरण संरक्षण ऐन, २०५३ वन ऐन, २०४९ खानी तथा खनिज पदार्थ ऐन, २०४२ जलस्रोत ऐन, २०४९ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ आदेश न्या.तेजबहादुर के.सी.: नेपालको संविधानको धारा १३३(२)(३) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः- तथ्य खण्ड निवेदकले नेपाल सरकार, उद्योग मन्त्रालय कम्पनी रजिस्ट्रारको कार्यालयमा मिति २०६६।५।९ मा दर्ता नं. ६५४१०।०६६।०६७ मा तत्कालीन नुवाकोट जिल्ला खानीगाउँ गा.वि.स. वार्ड नं. ३ को हाल परिवर्तित लिखु गाउँपालिका वार्ड नं. १ मा अवस्थित ठेगाना रहने गरी सूर्य कुण्ड रोडा ढुङ्गा उद्योग प्रा. लि.कम्पनी दर्ता गरी त्यसको प्रबन्ध पत्र र नियमावलीमा उल्लिखित भएबमोजिमको उद्योग विभागमा समेत प्रा.लि. नं. ६५४१०।२०६६।६७ को क्रसर उद्योग दर्ता गरी आफ्नै व्यवस्थापनमा रोडा, ढुङ्गा, गिट्टी र बालुवासमेत उत्पादन गरी स्थानीय कार्यालय सङ्घ संस्था, व्यक्ति तथा राष्ट्रिय गौरवका आयोजनाहरूसँग सम्झौता गरी व्यक्तिगत तथा संस्थागतरूपमा माग भई आएअनुसार निर्माणका सामानहरू उपलब्ध गराई, नेपाल सरकारलगायतको सम्बन्धित निकायमा लाग्ने र बुझाउनुपर्ने कर राजस्वसमेत तिरी क्रसर उद्योग सञ्चालन गरी ८, १० जना युवाहरूलाई रोजगार