निर्णय नं. १०९०९ - कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९०९ - कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०८/१५ १३०६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७७।८।१५ मुद्दा : कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग ०७३-CR-०५५३ पुनरावेदक / प्रतिवादी : जिल्ला बाँके, कोहलपुर गाउँ विकास समिति वडा नं. १ घर भई हाल कारागार कार्यालय, बाँकेमा थुनामा रहेका वीरबहादुर बुढाथोकी विरूद्ध प्रत्यर्थी / वादी : भाने कवरको जाहेरीले नेपाल सरकार ०७३-CR-०६७१ पुनरावेदक / वादी : भाने कवरको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : बाँके जिल्ला, कोहलपुर गा.वि.स. वडा नं. १ वीरबहादुर बुढाथोकी कसुरदार ठहर गर्नको लागि परिवारका केही सदस्य वारदातमा संलग्न रहेबाट परिवारका सबै सदस्य संलग्न रहेको अनुमान गर्नु न्यायसङ्गत नहुने । कसुरदार ठहर गर्न कसुरजन्य कार्य गरेकै हुनुपर्ने । (प्रकरण नं.१२) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रूद्रप्रसाद आचार्य प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- माननीय जिल्ला न्यायाधीश श्री हरिप्रताप के.सी. बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय मुख्य न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल पुनरावेदन अदालत नेपालगन्ज फैसला न्या.पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला बाँके, कोहलपुर गा.वि.स. वडा नं.१ मन्नापुर गाउँमा मिति २०७०।७।२ गते साँझ अन्दाजी २०.०० बजेको समयमा ऐ.ऐ. बस्ने पूर्णबहादुर कवर, ऐ.ऐ. बस्ने चित्रबहादुर योगी (कवर) ऐ.ऐ. बस्ने थलबहादुर कवरलाई प्रतिवादी बब्लु भन्ने चेतबहादुर महतारासमेतले धारिलो हतियार चक्कुले प्रहार गरी सख्त घाइते बनाई निजहरूलाई औषधी उपचारको क्रममा लिएको र घटनास्थलमा रगत रहेको, उक्त स्थानमा रगत लागेको कालो रङ्गको चप्पल थान १, सडकछेउ पूर्वसाइडमा कालो रङ्गको चप्पल थान ३ रहेको, उक्त सडक खण्डमा ठाउँ-ठाउँमा रगत जस्तो देखिएको घटनास्थल मुचुल्का । नेपाल मेडिकल कलेज कोहलपुरमा रहेको मृतक पूर्णबहादुर कवरको लास, सो लासको पेटको बिच भागमा अन्दाजी २ इन्च गोलाइमा काटिएको घाउ, लगाएको कपडामा रगत लागेको भन्ने घटनास्थल लास जाँच प्रकृति मुचुल्का । जिल्ला बाँके, कोहलपुर गा.वि.स. वडा नं.१ मन्नापुरस्थित वीरबहादुर बुढाथोकीको घर आगनमा मिति २०७०।७।२७ गते साँझ मेरो छोरा पूर्णबहादुर कवर, थलबहादुर कवर, चित्रबहादुर योगी (कवर) लाई ऐ.ऐ.बस्ने वीरबहादुर बुढाथोकी र निजको साला नाता पर्ने जिल्ला बाँके, बागेश्वरी गा.वि.स. वडा नं. ७ बस्ने चेतबहादुर महताराले काम छ भनी आफ्नो घरमा बोलाई मार्ने योजना बनाएको । प्रतिवादी चेतबहादुर महतारा, वीरबहादुर, रेशम, भिमाले अचानक चक्कु प्रहार गरी हात मुक्कासमेतले कुटपिट गरी वारदात स्थानबाट भागी फरार रहेको । निज घाइते थलबहादुर कवर, चित्रबहादुर योगी, पूर्णबहादुर कवरलाई औषधी उपचारका क्रममा मेडिकल कलेज कोहलपुर, बाँकेमा ल्याई औषधी उपचार गराउँदागराउँदै निज पूर्णबहादुर कवरको मृत्यु भएको निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्त । मन्नापुर गाउँमा पक