निर्णय नं. १५४१ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५४१ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भाग: २४ साल: २०३९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३९/०२/०३ २५४६ निर्णय नं. १५४१ ने.का.प. २०३९ अङ्क २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रिट नं. ११२१ आदेश भएको मिति : २०३९।२।३ मा निवेदक : जि.संखुवासभामा नूम गा.पं.वार्ड नं.९ बस्ने चन्द्रप्रसाद खनाल विरुद्ध विपक्षी : कोशी अञ्चलाधीश, कोशी अञ्चलाधीशको कार्यालय विराटनगर समेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ (१) गलत लिखत तयार गर्ने गलत अनुवाद गर्ने कारणीलाई प्रयोग हुने ऐनको दफा ९ प्रयोग गरी निवेदकलाई नोकरीबाट समेत हटाउने (बर्खास्त) गरेको विपक्षी कोशी अञ्चलाधीश तथा पुनरावेदनको निर्णय गर्ने श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालयद्वारा भए गरिएका निर्णय तथा कारवाई समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी दिने ठर्हछ । (प्रकरण नं. २३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री नारायण दाहाल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अनुसार उत्प्रेषणको आदेश जारी गरी विपक्षीहरुको निर्णय बदर गरी पाउँ भनी २०३८।४।२७।३ मा दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य जिकिर निम्न प्रकार छन : २. मेरो हकको अमरदह गा.पं.वार्ड नं.६ (झ) को कि.नं.६ कायम भएको क्षे.९–११–० जग्गा कृष्णप्रसाद, घमण्डीलाल र जयनारायण समेतको नाउँमा भ्रष्टाचार गरी ज.ध.प्र.पूर्जा दिई ७ वर्षको मालपोत लोप गरी १ बर्ष अर्थात ०३४ सालको मात्र मालपोत असूल गरी राजस्व भ्रष्टाचार गर्ने सम्बन्धित फाँटवाला समेत सबैलाई कारवाई गरी पाउँ भनी विपक्षी कविराज पोखरेलले विपक्षी जिल्ला कार्यालय मोरङ्ग समक्ष उजुरी गर्नु भएको छ । ३ दर्ता गरी लिने जयनारायण, कृष्णप्रसाद र घमण्डीलाल समेतले बयान गर्दा ललित ढकाल भन्ने एक गैर कर्मचारी समेतको नाम लिँदा निज ललित ढकालले स्वयम जाहेरवालाको मिलेमतोबाट ज.ध.प्र.पूर्जा दिने कायम भएको हो भन्ने समेतको बयान गरेका छन । ४. म निवेदक चन्द्रप्रसाद खनाललाई मिति २०३५।४।२६ गते विपक्षी जिल्ला कार्यालय मोरङ्ग समक्ष बयानको निमित्त उपस्थित गराउँदा अमरदह गा.पं.मेरो फाँटमा परेको भए पनि मोठ फाँटमा खटाईएका अन्य कर्मचारी समेतले सो मोठको काम गर्ने गरेको र सर्भे उजुरी शाखाबाट कारवाई भई सो कार्वाहीबाट मोठ सच्चाउने आदेश भएपछि मात्र मोठ फाँटको काम पर्ने भएकाले सो आदेश प्राप्त नभई मोठ सच्चाउन सकिन्न र विवादग्रस्त ज.ध.प्र.पू.कार्यालयबाट दिएको जस्तो लाग्दैन र ज.ध.प्र.पु.को हस्ताक्षर कुनै स्टाफको जस्तो लाग्दैन । हस्ताक्षर समेत जाँची बुझी पाउँ भनी बयान गरेको थिएँ । ५. यसै बीच मालपोत कार्यालय इलाममा कार्यरत भएको समयमा अञ्चलाधीश कार्यालय कोशीका सहायक अञ्चलाधीशले मिति २०३५।१२।७ र मिति २०३६।२।१६ मा क्रमशः पहिलो र दोश्रो स्पष्टीकरणको माग गर्नु भयो । मैले दिएको स्पष्टीकरणमा म उपर आरोपित कानून र आधारहिन भएको कुरा स्पष्ट गरेको छु । ६. उपयुक्त तथ्य भएको प्रस्तुत विवादमा विपक्षी कोशी अञ्चलाधीशले मिति ०३६।१२।२७।४ मा सबूत प्रमाण केही पेश नगरेकोले स्पष्टीकरण सन्तोषजनक भन्न मिलेन भन्ने समेत आधार अवलम्बन गर्दै भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ९ को कसूर