निर्णय नं. १०९१२ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९१२ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०१/०२ २१५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति : २०७९।१।२ मुद्दा: मानव बेचबिखन तथा ओसारपसार ०७४-CR-०६९३ पुनरावेदक / प्रतिवादी : दावाको छोरा, नुवाकोट जिल्ला, घ्याङफेदी गा.वि.स., वडा नं. ६, हाल दुप्चेश्वर गाउँपालिका, वडा नं. १ घर भई हाल कारागार कार्यालय ढुङ्गे, नुवाकोटमा थुनामा रहेको दिपक भन्ने इमान तामाङ विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम ४५ को जाहेरीले नेपाल सरकार ०७५-CR-०२३५ पुनरावेदक / वादी : परिवर्तित नाम ४५ को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : छेवाङको नाति, दावाको छोरा, नुवाकोट जिल्ला, घ्याङफेदी गा.वि.स., वडा नं. ६ हाल दुप्चेश्वर गा.पा. वडा नं.१ बस्ने दिपक भन्ने इमान तामाङ मानव बेचबिखन र मानव ओसारपसार दुई भिन्न कसुरजन्य कार्य भएकोले दुवैको कसुरजन्य अवस्था, कसुरको प्रकृति एवम् परिणामसमेत फरक फरक हुने । यी कसुरहरू प्राय: सँगसँगै हुने भएकोले कुनै वारदातमा दुवै कसुर हुने वा कुनैमा एउटा मात्र पनि हुन सक्ने । एउटाको अभावमा अर्को कसुर नहुने भनी परिपूरक मान्न भने नसकिने । (प्रकरण नं.५) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री वीणा दाहाल प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री ताराबहादुर निरौला एवं अभिषेक निरौला अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क १२, नि.नं.८७३२ सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा निर्णय गर्नेः मा. जिल्ला न्या. श्री अजयराज उपाध्याय नुवाकोट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टेकप्रसाद ढुंगाना माननीय न्यायाधीश श्री बलभद्र बास्तोला उच्च अदालत पाटन फैसला न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मिति २०६८ सालको आषाढ महिनामा म आफ्नै घरमा घरायसी काम गरी बसिरहेको अवस्थामा मोइलामा तामाङ मेरो घरमा आई तिम्रो आमाले काम गरिरहनुभएको जस्तै कृषि फाराममा मान्छे चाहिएको छ । तिमीलाई काममा लगाइदिन्छु भनी बहाना बनाई फकाइ फुल्याइ मिति २०६८।०५।१५ गते घरबाट काठमाडौं लिई गएकोमा म आमासँगै फुटुङमा बस्दा निज मोइलामा तामाङ बेला बेलामा भेट्न आउँथ्यो । यसै क्रममा मिति २०६८।०५।१८ गते प्रतिवादी मोइलामा तामाङले मलाई मोटरसाइकलमा राखी अफिस लैजान्छु भनी बौद्ध स्थित एउटा होटलमा खाजा खाई अब ट्याक्सीमा जाउँ भनी ट्याक्सीमा राखी कता लगे थाहा भएन । त्यसको भोलिपल्ट अं.९:०० बजेको समयमा दिपक भन्ने इमान तामाङ हामीलाई लिन आई निज दिपकको कोठामा लगे । त्यहाँ निजको परिवार तथा अन्य दुई जना केटीहरू पनि बस्दा रहेछन् । भोलिपल्ट दिपक भन्ने इमान तामाङको श्रीमतीले तिमीलाई बेचिएको छ । मेरो अनुमतिबेगर बाहिर नजाउ भनेपछि म बेचिएको कुरा थाहा भयो । मलाई दिपक भन्ने इमान तामाङ र मोइलामा तामाङले दिल्ली स्थित मजिनु भन्ने ठाउँमा बिक्री गरेका हुन् । त्यसको ६ महिनापश्चात् मलाई चमेली भन्ने मान्छेलाई बेचेपश्चात् आग्रा भन्ने ठाउँमा चमेलीको कोठामा मलाई वेश्यावृत्तिको काममा लगाइयो । त्यसपश्चात् म त्यहाँबाट भागी माइती नेपालको सहयोगमा म यहाँ आउन सफल भएको हुँ । प्रतिवादीहरू दिपक भ