निर्णय नं. १०९१३ - उत्प्रेषण / परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९१३ - उत्प्रेषण / परमादेशसमेत भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०५/२१ ९५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्‍ठ आदेश मिति : २०७९।५।२१ ०७८-WO-१६०८ मुद्दाः- उत्प्रेषण / परमादेशसमेत निवेदक : स्व.पदमबहादुर थापाको नाति, स्व. क. छत्रबहादुर थापाको छोरा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित सञ्चालित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा विरूद्ध विपक्षी : निर्वाचन आयोग नेपाल, बहादुरभवन कान्तिपथ, काठमाडौं न्यायिक पुनरावलोकन गर्दा राज्यका कुनै निकायले आफूलाई प्राप्त क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय गरेको छ वा आफूलाई प्राप्त अधिकारको दुरूपयोग गरेको छ वा अधिकारको स्वेच्छाचारी एवं भेदभावपूर्ण प्रयोग गरेको छ वा अधिकारको प्रयोग बदनियतपूर्वक गरेको छ वा कानूनको देखादेखी त्रुटि हुने गरी प्रयोग गरेको छ वा प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने गरी प्रयोग गरेको छ वा निहित स्वार्थका लागि अधिकारको जालसाजपूर्ण प्रयोग (Colorable Exercise of Power) भएको देखिएमा त्यस्तो अधिकार प्रयोग गरी भएको निर्णय बदर गर्न उत्प्रेषणको आदेश जारी हुने । (प्रकरण नं.५) निर्वाचन चिह्नको निर्धारण गर्ने अधिकार निर्वाचन आयोगलाई रहेको सन्दर्भमा केही चिह्नहरूलाई संरक्षित चिह्नको रूपमा निर्धारण गर्ने अधिकार पनि निर्वाचन आयोगलाई रहेको मान्नुपर्ने । दललाई आफूले रोजेको निर्वाचन चिह्न पाउने अधिकार कुनै कानूनले प्रदान गरेको नदेखिएको तथा "गाई" निर्वाचन चिह्न नदिने गरी निर्वाचन आयोगबाट भएको निर्णय स्वेच्छाचारी र बदनियतपूर्ण रहेको भन्ने नदेखिने । (प्रकरण नं.१८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री विष्णुप्रसाद भट्टराई, डा.श्री सुरेन्द्र भण्डारी, डा.श्री चन्द्रकान्त ज्ञवाली, श्री टिकाराम भट्टराई र अधिवक्ताहरू श्री नरप्रसाद थापा, श्री भुपेन्द्र पोखरेल र श्री सुलभ खरेल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी र विद्वान् उपन्यायाधिवक्ता श्री गुरूप्रसाद वाग्ले सरोकारवालाको हैसियतमा सरिक हुनु भएका प्रदिप विक्रम राणाको तर्फबाट : वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अख्तियारप्राप्त हेमजङ्ग गुरूङको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा र श्री राजु बस्नेत अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान राजनीतिक दलसम्बन्धी ऐन, २०७३ प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ आदेश न्या.तिलप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३२ बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने भनी दर्ता भई सुनुवाइको लागि आज इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं सोमा भएको आदेश यसप्रकार छ : निवेदनको संक्षिप्त तथ्य म निवेदक नेपाली नागरिकका अतिरिक्त नेपालको संविधान, २०७२ को धारा २६९, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को आधारमा निर्वाचन आयोगमा दर्ता भई दलीय राजनीतिमा क्रियाशील भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय अध्यक्ष हुँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २०६३ सालमा निर्वाचन