निर्णय नं. १०९१४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९१४ - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०१/१५ १०६४ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय का.मु.प्र.न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।१।१५ ०७८-WF-००२८ मुद्दा: उत्प्रेषण निवेदक : मीनबहादुरको छोरा इलाम जिल्ला साबिक कन्याम गा.वि.स. घर भई राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, केन्द्रीय कार्यालय काठमाडौंमा प्रशासन सहायक (सहायक प्रथम) पदमा कार्यरत थिरबहादुर कटुवाल विरूद्ध प्रत्यर्थी : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, केन्द्रीय कार्यालय, काठमाडौंसमेत बढुवा प्रयोजनका लागि कुनै कानूनमा अस्थायी सेवाको निश्चित अवधि स्थायी सेवामा गणना गर्ने प्रयोजनका लागि निर्मित कानूनी व्यवस्थालाई सोही प्रयोजनको लागि मात्र हो भनी बुझ्नुपर्ने । बढुवा प्रयोजनको लागि अस्थायी सेवाको निश्चित अवधिलाई स्थायीसरह मानी जोडिने प्रावधानलाई अवकाश प्रयोजनको लागि पनि हो भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री हरिप्रसाद उप्रेती तथा विद्वान् अधिवक्ता श्री नारायणप्रसाद पराजुली प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री ओमप्रकाश अर्याल र श्री पुन्देवी महर्जन अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ र १३३ (२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनमा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच फरक राय व्यक्त भई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) अनुसार यस अदालतको पूर्ण इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्यगत बेहोरा र आदेश यसप्रकार छ: तथ्यगत बेहोरा म रिट निवेदकले मिति २०४२/५/२६ मा तत्कालीन नेपाल चिया विकास निगम लिमिटेडमा सहायक तृतीय श्रेणीको पदमा अस्थायी नियुक्ति पाएको हुँ । पछि बोर्डको स्थापना भएपछि मलगायतका अस्थायी कर्मचारीलाई पनि बोर्डको रिक्त पदमा पदस्थापन गरिएको थियो । यसैबिच बोर्डको पदपूर्ति समितिले म अस्थायी कर्मचारीका रूपमा कार्यरत रहेकै सहायक तृतीय श्रेणीको पदपूर्तिका लागि विज्ञापन गरेकोमा मैलेसमेत दरखास्त गरी लिखित र अन्तर्वार्तामा सफल भई मिति २०५३।९।१९ मा सो पदमा स्थायी नियुक्ति पाएको हुँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कर्मचारी सेवासम्बन्धी विनियमावली, २०६५ को विनियम ७२(२) मा "कुनै कर्मचारीको उमेर ५८ वर्ष पूरा भएको अथवा नोकरी अवधि ३० वर्ष पुगेको अवस्थामा त्यस्ता कर्मचारीलाई बोर्डको सेवाबाट अवकाश दिइने छ” भन्ने व्यवस्था रहेको छ । उक्त पत्रमा मसँग सम्बन्धित व्यक्तिगत फायल र अभिलेखबमोजिम मेरो नोकरी अवधि मिति २०७५।८।२७ गते ३० वर्ष पुग्ने भएको भन्ने बेहोरा उल्लेख गरिएको रहेछ । म २०५३ सालमा स्थायी नियुक्ति पाएको कर्मचारीलाई विना आधारमा सेवा अवधि ३० वर्ष पुगेको भनी अवकाश दिन लागिएको हुँदा मलाई निरन्तर सेवामा रहन पाउँ भनी बोर्डमा मिति २०७५।९।३ मा निवेदन गर्दा मेरो निवेदन दर्ता गर्नसमेत नमानेको र के कारणले अहिले नै अवकाश दिन लागिएको हो त्यसको जानकारी अवकाश पत्रमा नै भएको भनियो । तर मलाई मौखिक रूपमा भने मेरो अस्थायी सेवा अवधिलाई समेत हिसाब गरेर अवकाशको मिति कायम गरिएको भन्ने जानकारी दिइएको हुँदा र कर्मचारी विनियमावलीमा कहीँ पनि अस्थायी नोकरी अवधिलाई सेवा अवधिमा गणना गर्ने व्यवस्था नभएको हुँदा यस