निर्णय नं. १०९१५ - गैंडा मारी खाग बिक्री व्यवसाय

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९१५ - गैंडा मारी खाग बिक्री व्यवसाय भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७७/१२/१९ २८७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७७।१२।१९ मुद्दाः- गैंडा मारी खाग बिक्री व्यवसाय ०७१-CR-१२९५ पुनरावेदक / वादी : प्रहरी अनुसन्धान ब्युरोको जाहेरी प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : चितवन जिल्ला, पदमपुर, गा.वि.स. वडा नं. १ बस्ने गोपाल प्रजासमेत ०७१-CR-१४४५ पुनरावेदक / प्रतिवादी : चितवन जिल्ला, कोराक गा.वि.स., वडा नं. ९ चिप्‍लेटीमा घर भई हाल जिल्ला कारागार कार्यालय चितवन भरतपुरमा कैदमा रहेको दिपबहादुर प्रजा विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी अनुसन्धान ब्युरोको जाहेरी प्रतिवेदनले नेपाल सरकार कसुरदारको सहयोगी वा मतियारले गरेको कार्यको गाम्भीर्य, वारदात सम्पन्न हुनुपूर्व वा वारदातपछिको निजको संलग्नताको अवस्था वा कसुरको परिमाण (मात्रा) एवम् यसरी सहयोगी कार्य गर्दाको अवस्थामा निजको आपराधिक मनसायलगायतको सम्बन्धमा प्राप्त प्रमाणको मूल्याङ्कनको आधारमा निजको सजाय तोकिनु वाञ्छनीय हुने । (प्रकरण नं.९) वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरे र विद्वान्‌ अधिवक्ताहरू श्री राम सुब्बा तथा श्री विष्णु बस्याल अवलम्बित नजिर : सम्बद्ध कानून : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- प्रमुख संरक्षण अधिकृत श्री कमलजङ्ग कुँवर चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ पुनरावेदन अदालत हेटौंडा फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– तथ्य खण्ड मिति २०६०।१२।६ गतेका दिन कसरादेखि पूर्व चुरे पहाडको फेदीसम्मको जङ्गलमा निकुञ्‍जको संयुक्त गस्ती टोलीले गस्ती गर्दै जाँदा कसरा ब्यारेकदेखि ८-९ कि.मि. टाढा चुरे पहाडको फेदी छेउमा खुट्टाभन्दा माथि ३ ठाउँमा चोरी शिकारीले गोली हानी मारेर खाग काटी लगेको अवस्थामा १२ थान खुरसहित एउटा भाले गैंडा मृत अवस्थामा फेला परेको भन्‍नेसमेत बेहोराको मिति २०६०।१२।६ को घटनास्थल प्रकृति मुचुल्का । चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसरा चितवनको क्षेत्रमा पटक-पटक गैंडा मार्ने, खाग बेचबिखन गर्ने र बेचबिखनबाट आएको रकम उपभोग गर्ने, गैंडा मार्ने कार्यमा सहयोग गर्ने र घटनापश्‍चात् घर छोडी अन्यत्र गई लुकीछिपी बस्ने कार्यमा संलग्न मिलन प्रजा भन्‍ने काजीमान प्रजासमेतलाई लुकाउने छिपाउने तथा भगाई उम्काउने कार्यमा सहयोग गर्ने जिल्ला चितवन कोराक गा.वि.स. वडा नं. ९ बस्ने वर्ष ३० की दिलमाया प्रजा, ऐ.ऐ. बस्ने काजीमान प्रजाकी बहिनी वर्ष २५ की कल्पना प्रजा, ऐ. बिरेन्द्रनगर गा.वि.स. वडा नं. ६ बस्ने काजीमान प्रजाकी फुपू वर्ष २३ की देवी प्रजासमेतलाई खोजी गर्ने क्रममा काठमाडौं कपनदेखि पिछा गर्दै पोखरा हुँदै स्याङ्जा वालिङसम्म गई खोज्दा फेला परेकोले निजहरूलाई पक्राउ गरी आवश्‍यक कारबाहीको लागि पेस गरेको भन्‍नेसमेत बेहोराको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोको मिति २०६७।११