निर्णय नं. १०९१६ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९१६ - बन्दीप्रत्यक्षीकरण भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/०८/०६ १६६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७८।८।६ ०७८-WH-००७९ (र.नं. ०१-०७८-०१५८२) विषयः- बन्दीप्रत्यक्षीकरण निवेदक : माइला नेपालीको नाति सार्की नेपाली र राममाया नेपालीको छोरा काभ्रेपलाञ्चोक जिल्ला साबिक बोल्देफेदिचे गा.वि.स. वडा नं.१ परिवर्तित पनौती न.पा. वडा नं. ८ मा स्थायी घर भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.७ हनुमानघाटमा अस्थायी बसोबास भई हाल मुद्दा पुर्पक्षका लागि गैरकानूनी रूपमा कारागार कार्यालय डिल्लीबजारमा राखिएका रमेश नेपाली (परिवर्तित नाम भक्तपुर जगाती २७(G२) को हकमा अधिवक्ता नवल किशोर साह विरूद्ध विपक्षी : भक्तपुर जिल्ला अदालत, भक्तपुर उमेरको गणना गर्ने सम्बन्धमा विभिन्न देश, समाज र संस्कृतिमा भिन्न तरिकाहरू विद्यमान भए तापनि नेपालमा सरकारको कामकाज वा कार्यालयको प्रयोजनका लागिसमेत बालबालिकाको जन्म भएको मितिदेखि अर्को वर्षको जन्मदिनलाई एक वर्ष मानी अर्थात् जन्मदिनलाई एक दिन पूरा भएको गणना गरी एक वर्षको ३६५ दिन मान्दा सामान्यतया १८ वर्षको ६,५७० दिन पूरा गरेको व्यक्तिलाई विद्यमान कानूनी प्रणालीभित्र वयस्क व्यक्ति मान्नुपर्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री अजयशंकर झा, श्री कमलबहादुर घिसिङ, श्री रविन्द्र भट्टराई र श्री विमला यादव विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मुलुकी देवानी संहिता, २०७४ बालबालिकासम्बन्धी ऐन, २०७५ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ अनुसार दर्ता भई नियमबमोजिम पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:- रिट निवेदनको बेहोरा मिति २०७८/३/१५ गते ग्रेस एफ.एम. १०७.६ मेगाहर्जको एफ.एम. स्टुडियोबाट सहअभियुक्त आशिष कोजुले ल्यापटप चोरेको र उक्त ल्यापटप अर्का सहअभियुक्त राकेश यादवलाई बेचाउने कार्यमा निज रमेश नेपाली (परिवर्तित नाम भक्तपुर जगाती २७(G२) ले सहयोग गरेको भन्ने आरोपमा केशवप्रसाद लुइटेलको जाहेरीको आधारमा मु.नं. ०७८-C१-००१३ को नकबजनी चोरी मुद्दा, मिति २०७८/३/१९ गते सम्झना ख्वाजुको घरबाट मूल ढोकामा राखेको तामाको गाग्री चोरेको आरोपमा रामप्रसाद ख्वाजुले दिएको जाहेरीको आधारमा मुद्दा नं. ०७८-C१-००१५ को नकबजनी चोरी र मिति २०७८/३/१९ गते नै मुख्य न्यायाधीश नृपध्वज निरौलाको घरबाट समेत ढोकामा राखेको गाग्री १ थान चोरेको विषयमा निजका PSO तेजबहादुर शाहीको नाउँबाट पारिएको जाहेरी दरखास्तको आधारमा मुद्दा नं. ०७८-C१-००१६ को नकबजनी चोरी मुद्दा गरी जम्मा ३ थान नकबजनी चोरी मुद्दा निज रमेश नेपाली (परिवर्तित नाम भक्तपुर जगाती २७(G२) समेतका विरूद्धमा विपक्षी भक्तपुर जिल्ला अदालतमा दायर भएको र ती मुद्दाहरूमध्ये मुद्दा नं. ०७८-C१-००१३ को नकबजनी चोरी मुद्दामा विपक्षी भक्तपुर जिल्ला अदालतका माननीय न्यायाधीश स्वीकृति पराजुलीज्यूबाट मिति २०७८/४/१७ गते र अन्य दुई मुद्दाहरूमा माननीय गोपालप्रसाद बास्तोलाज्यूबाट मिति २०७८/४/१८ गते थुनछेक आदेश गर्दै निज रमेश नेपाली (परिवर्तित नाम भक्तपुर जगाती २७(G२) लाई कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्नु भनी विपक्षबाट भएको आदेशानुसार निज हाल