निर्णय नं. १०९१७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९१७ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७७/१०/२० १४४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७७।१०।२० ०७०-CR-१६४५ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / वादी : नगेन्द्र चौधरीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रूपन्देही जिल्ला मधवलिया गा.वि.स. वडा नं. ७ घर भई हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका विनोद कुँवर थारू भवितव्यमा कर्ताको कार्य सामान्यतः कानूनद्वारा वर्जित नगरेको र निज कर्ताको कार्यबाट कुनै व्यक्तिको हत्या नै हुन पुग्छ भन्नेसमेत आशंका नहुने । (प्रकरण नं.५) मृतकको कारणबाट प्रतिवादीले आत्मसंयम गुमाई तत्कालै अगाडिबाट मृतकलाई प्रहार भई मृत्यु हुन पुगेको र त्यस अवस्थामा कुनै जोखिमी हतियारसमेत प्रयोग नभएको देखिएको हुँदा निज प्रतिवादीको कार्य भवितव्य नभई आवेशप्रेरित हत्या भएको भनी मान्नुपर्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री इश्वरीप्रसाद ढकाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री बालेन्द्र रूपाखेती रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल माननीय न्यायाधीश श्री पुष्पराज कोइराला पुनरावेदन अदालत बुटवल फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड जिल्ला रूपन्देही मधवलिया गा.वि.स. वडा नं.९ स्थित कालोपत्रे सडकमा परमानन्द चौधरी र विनोद कुँवर थारूबिच झगडा भएको भन्ने घटनास्थल प्रकृति मुचुल्का । मिति २०६८।१०।१६ गते विनोद कुँवर थारूले कुटपिट गरी घाइते भएका परमानन्द चौधरीको उपचारको क्रममा मिति २०६८।१०।२४ गते मृत्यु भएकाले पोष्टमार्टमसमेतको कार्य सम्पन्‍न गरी लास जिम्मा पाउँ भन्ने गणेश चौधरीको निवेदन । बायाँ कानमाथि अपरेशन गरेको C आकारको १८ वटा टाँका लगाएको घाउ र बायाँपट्टि निधारमा कानसम्म C आकारमा २२ वटा टाँका लगाएको घाउ दुवै आँखा निलो भएको भन्ने लास जाँच प्रकृति मुचुल्का । शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण टाउकाको चोट भन्ने उल्लेख भएको । मिति २०६८।१०।१६ गते १८:३० बजेतिर मेरो होटलमा नखिया चौधरी र परमानन्द चौधरी आई मासु रक्सी खाँदै थिए । विनोद कुँवर थारू पनि पसलमा आई भोला मागी लिई पसलबाट बाहिर निस्किए । परमानन्दले विनोद कुँवर थारूलाई यहाँ बस, केटाहरू बोलाउँछु भनेपछि कहाँको दादा हो र ? बोला न भनी विनोद कुँवर थारू बाटोमा जाँदै थिए । परमानन्द चौधरी र नखिया चौधरी पनि पछि पछि गए । केही पर पुगेपछि एक्‍कासि किन हो हात हालाहाल भई परमानन्द भुइँमा लडे । रातिको बेला झैझगडा गरी बबाल गर्ने भए भनी मैले पसल बन्द गरे । त्यसपछि के के भयो मलाई थाहा भएन । मिति २०६८।१०।२४ गते उपचारका क्रममा परमानन्दको मृत्यु भएको भन्ने थाहा पाएकी हुँ भन्ने केशरी गाहाको कागज । मिति २०६८।१०।१६ गते मधवलियास्थित होटलमा नास्ता खान पस्नुभएको अवस्था व्यवहारमा पहिलेदेखि रिसइवी राखी आएका विनोद कुँवर थारू सोही होटलमा रहेछन् । सोही क्रममा एक आपसमा कुराकानी हुँदा विनोद कुँवर थारू उत्तेजित भई आवेगमा आई मेरो दाजु परमानन्द चौधरीलाई लात्त