निर्णय नं. १०९१९ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९१९ - उत्प्रेषणयुक्त परमादेश भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/११/१५ ८११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री कुमार चुडाल आदेश मिति : २०७८।११।१५ ०७६-WO-०६७९ विषयः उत्प्रेषणयुक्त परमादेश निवेदक : सिराहा जिल्ला, लक्ष्मीपुर गा.वि.स. वडा नं.६ परिवर्तित हाल लक्ष्मीपुर गा.पा. वडा नं.४ बस्ने बिनाकुमारी मण्डल विरूद्ध विपक्षी : नेपाल खानेपानी संस्थान, प्रधान कार्यालय, त्रिपुरेश्‍वर, काठमाडौंसमेत देवानी दायित्व बुझाउन नसकेबापत कैदमा रहेको बखत परीक्षा दिन र नियुक्ति पत्र बुझ्न दिने तर सो कैदमुक्त भएपछि हाजिर हुन आउने निवेदन तथा काबुबाहिरको परिस्थितिलार्इ समेत बेवास्ता गरी हाजिर हुने सम्बन्धमा सम्पर्क नै नराखेको भनी निवेदकको नाम योग्यताक्रमबाट नै हटाउने गरी सूचना प्रकाशित गरेकोलाई कानून र न्यायसङ्गत कार्य मान्‍न नसकिने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री केदारप्रसाद दाहाल विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री सुशिलकेशर खनाल र श्री रामचन्द्र न्यौपाने अवलम्बित नजिर : ने.का.प.२०७७, अङ्क २, नि.नं.१०४२९ सम्बद्ध कानून : आदेश न्या.हरिकृष्ण कार्की : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः तथ्य खण्ड म निवेदिका कक्षा १० सम्म अध्ययन गरेकी मधेसी महिला हुँ । मैले विपक्षी खानेपानी संस्थानको शाखा कार्यालय, सिराहामा करिब १३, १४ वर्षसम्म कनिष्ठ सहायक तह ३ मा करार सेवामा कार्य गरेकी थिए । म जस्तै करारमा कार्यरत कर्मचारीसमेतलाई सीमित प्रतियोगितामा सहभागी गराई स्थायी बनाउने ध्येयले २०६५ सालमा विपक्षी नं.१ र २ ले विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा फाराम भरी लिखित परीक्षामा सहभागी भए पनि नतिजा तत्काल प्रकाशित भएन । यसरी विज्ञापन भएपछि मेरो करार सेवा पनि निरन्तर हुन सकेन । त्यसै समयमा मैले घर व्यवहार चलाउन साहुसँग पटकपटक लिएको कर्जा रकम हिसाब गर्दा रू.३,००,०००।- पुगेछ । सो रकमको लागि रू.९,००,०००।- को लिखत बनाई मउपर साहु वादी भई लेना असुलको मुद्दा दायर गरेपछि मबाट उक्त रकम भराउने अदालतबाट इन्साफ भयो । सोबमोजिम रकम दिने मसँग कुनै सम्पत्ति नभएकोले मलाई थुनामा राख्‍नको लागि निवेदन गरेपछि म मिति २०७५।९।३० बाट सिराहा कारागारमा जेल जीवनमा बस्नुपर्‍यो । यसरी जेल जीवनमा रहेको अवस्थामा विपक्षी नेपाल खानेपानी संस्थान, प्रधान कार्यालय, त्रिपुरेश्वर, काठमाडौंले लिखित परीक्षाको नतिजा मिति २०७५।५।२० मा निकाल्दा म सफल भएछु । सो बारेको जानकारी मैले सिराहा जिल्ला अदालतमा गराई आफूलाई अन्तर्वार्ताको अवसर दिलाई पाउन अनुरोध गरेँ । मेरो निवेदनलाई स्वीकार गरी सम्मानित सिराहा जिल्ला अदालतले मलाई अन्तर्वार्तामा सरिक गराउन कारागार कार्यालय, सिराहाका नाममा आदेश गरेपछि म अन्तर्वार्तामा सरिक हुन पाएँ । मैले दिएको परीक्षा र अन्तर्वार्ताबाट म सफल भएकोले मेरो नाम सफल उम्मेदवारको सूचीमा सिफारिस भई मलाई खानेपानी संस्थान शाखा कार्यालय, नेपालगञ्‍जमा काम गर्ने गरी प्रत्यर्थी नं. २ ले नियुक्ति पत्र दियो । उक्त नियुक्ति पत्र कारागारमार्फत मिति २०७६।८।८ मा बुझे तापनि मेरो जेल जीवन मिति २०७६।९।२९ सम्म भएकोले तत्काल म उक्त तोकिएको कार्यालयमा गई हाजिर हुन सकिन । तर पनि कारागार कार्यालयमार्फत मेरो जेल जीवन मिति २०७६।९।३० मा समा