निर्णय नं. १५४२ - ज्यान डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५४२ - ज्यान डाँका भाग: २४ साल: २०३९ महिना: असार अंक: ३ फैसला मिति :२०३९/०२/२१ २७०७ निर्णय नं. १५४२ ने.का.प. २०३९ अङ्क ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश त्रिलोकप्रताप राणा सम्वत् २०३७ सालको फौ.फु.नं. ८ फैसला भएको मिति : २०३९।२।२१ मा निवेदक/प्रतिवादी : जिल्ला रौतहट रघुनाथपुर घर भई हाल जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको दुःखन सहनी मलाहसमेत विरुद्ध वादी/विपक्षी : श्री ५ को सरकार मुद्दा : ज्यान डाँका (१) वारदातको बखत अन्यत्र छु भनी जिकिर लिने व्यक्तिले त्यस्तो कुरा आफैंले प्रमाणित गर्नु पर्ने हो । त्यसरी प्रमाणित नभएको अवस्थामा सो अन्यत्र नगएको भन्ने कुरा निज विरुद्ध लाग्ने। (प्रकरण नं. ४७) निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.बासुदेव शर्मा १. प्रस्तुत मुद्दामा डिभिजनबेञ्चबाट ०३६।६।३०।३ मा भएको निर्णय दोहर्‍याई पाउँ भनी न्यायिक समितिमा प्रतिवादीहरुको बिन्तिपत्र परी व्यहोरा जाहेर हुँदा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : ०२३ साल मार्ग ५ गते १ को रात अं.१२ बजेको बखत म घरमा नभएको अवस्था अन्दाजी ५०/६० जना डाँकाहरु आई मेरो घरमा डाँका गरी फुपू सबजा कवार्रिनलाई मारेको कुरा ऐ.६ गते असरफदिन आई खबर गर्दा थाहा पाएपछि यथार्थ व्यहोराको रिपोर्ट गर्नेछु अहिले लास जाँच गरी सतगत् गर्नको लागि मेरो जिम्मा लास पाउँ भन्ने समेत अब्दुल अजिज कवारीको ०२३।८।७।३ को दर्खास्त र नगद गहना समेतको बिगो रु.४२६४।–समेत दिलाईपाउँ भन्नेसमेत ०२३।८।११ को निज अब्दुल अजिज कवारीको दर्खास्त । ३. लक्ष्मीपुरको सब्जा कवारीको घरमा डाँका गरी निजलाई समेत मारेमा सो धनमाल निजको भतिजा अजिज कवारीको हुन्छ निजको घरमा डाँका गर्नु पर्‍यो भनी वारदात हुनु भन्दा २/३ दिन पहिले म राम इश्वर कलवार र जियालाल मलाह समेत भई राय सल्लाह गरें । ४ दिन पछि अ.८/९ बजेको समयमा म लाठी लिई बाँसघारीमा पुग्दा माघो सहनी समेत गडासा बन्दुक लिई सब्जा कवारीको घरमा पुग्यौं । सब्जा कवारीन आफ्नो घरमा थिइनन् भनी माघो समेतले नमालुम कहाँबाट ल्याएर निजहरुले लाठीले हाने र माघोको हातबाट सब्जाको प्राण गएको हुनु पर्छ । गहना ट्रान्जिष्ट्रर रेडियो १ समेत नगद रु.३०००।–छ भन्ने मेरो भागमा १० दरको कित्ता ६ को रु.६०।–चाँदीको जोखन मरी ४ थियो भन्ने समेत पथल सहनीको प्रहरीमा भएको ठाडो बयान कागज । ४. ‘गते बारको सम्झना छैन, मार्ग महिनाको हो । राय सल्लाह भएको थाहा पाइन मल्हुः रुदल सहनी चुल्लाह समेत भई लक्ष्मीपुर गाउँ पुगेपछि माघोले आवाज गरी घरको ढोका खोल्न लगायो, साथीहरु केही घरभित्र पसे, म समेतको केही बाहिर बस्यौं । माघोहरुले नै सब्जालाई पिटेर मारेको हुनु पर्छ । फेला परेको धनमाल लिई भागे पछि माघोले मेरो भागमा नेपाली नोट रु.४।–मात्र दियो भन्ने समेत जियालाल सहनीको प्रहरीमा भएको ठाडो बयान र कागज । ५. पल्टुवा तेलिनको घरको डाँकामा पथल, माघो समेतका मानिसहरु भई डाँका गरेको हो भन्ने समेत रघुनन्दन सहनीको प्रहरीमा भएको ठाडो कागज । ६. मैले आजसम्म केही कसैको घरमा खुन डाँका चोरी समेत गरेको छैन भन्ने समेत चुलाई धोवी मुसलमानको प्रहरीमा भएको कागज । ७. गते बारको सम्झना छैन । यहि गएको म