निर्णय नं. १०९२० - मूल्य अभिवृद्धि कर (०६२।०६३)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९२० - मूल्य अभिवृद्धि कर (०६२।०६३) भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/१२/२८ २६१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।१२।२८ ०७४-RB-०००४ मुद्दाः- मूल्य अभिवृद्धि कर (०६२।०६३) निवेदक : आन्तरिक राजस्व कार्यालय, ललितपुरको तर्फबाट ऐ.कार्यालयका प्रमुख कर अधिकृत पदमकुमार श्रेष्ठ विरूद्ध विपक्षी : एसिया प्यासिफिक कम्युनिकेसन्स एसोसिएट्स नेपाल प्रा.लि., अनामनगर हाम्रो देशमा करदाताले आफ्नो भएको कारोबारको सम्बन्धमा स्वयंले नै कर स्व-घोषणा गरी सम्बन्धित निकायमा कर बुझाउने भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । करदाताले बुझाएको कर विवरणमा कुनै कैफियत देखिएको अवस्थामा मात्र कर कार्यालयबाट सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी कर निर्धारण गर्न सक्ने । कर निर्धारण गर्दा करदाताले बुझाएको कर विवरणउपरको कैफियत प्रमाणित गर्ने भार कर अधिकृतमा नै रहने । कर अधिकृतले त्यसरी कर निर्धारण गर्दा कानूनले तोकेको समय सीमाभित्र कर निर्धारण गरिसक्नुपर्ने । अन्यथा करदाताले बुझाएको कर विवरण नै अन्तिम भई सोही विवरणले मान्यता पाउने । (प्रकरण नं.३) मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २०(४क) को कानूनी व्यवस्थाले विभागलाई करदाताले झुठा लेखा वा बिजक वा अन्य कागजात तयार गरी वा जालसाजी गरी कर छलेको अवस्थामा जुनसुकै बखतमा पुनः कर निर्धारण गर्न आदेश दिन सक्ने भनी विशेषाधिकार प्रदान गरेको । यो विशेष अधिकार कानूनले सुरू कर कार्यालयलाई दिएको नभई आन्तरिक राजस्व विभागलाई प्रदान गरेको देखिने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री तुलसी भट्ट तथा विद्वान् अधिवक्ताद्वय श्री कृष्ण प्रसाद पोख्रेल र श्री महेश थापा अवलम्बित नजिर : सम्बद्ध कानून : मूल्य अभिवृद्धि कर ऐन, २०५२ सुरू फैसला गर्नेः- माननीय अध्यक्ष श्री दीपककुमार कार्की लेखा सदस्य श्री भोलाप्रसाद खकुरेल राजस्व सदस्य श्री यज्ञबल्क उपाध्याय राजस्व न्यायाधिकरण, काठमाडौं फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : आन्तरिक राजस्व कार्यालय, ललितपुरको तर्फबाट पुनरावेदनको अनुमति पाउँ भन्‍ने निवेदन परेकोमा यस अदालतबाट राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ बमोजिम अनुमति प्रदान भई पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य-खण्ड एसिया प्यासिफिक कम्युनिकेसन्स एसोसियट्स नेपाल प्रा.लि.को कर लेखा परीक्षण सम्पन्न भई पेस भएको प्रतिवेदनको आधारमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २०(१) तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २९(१) बमोजिम कर, जरिवाना, थप दस्तुर र ब्याजसमेत जम्मा रू. ८५,१५,६८२।- को प्रारम्भिक कर निर्धारण आदेश ठुला करदाता कार्यालय, हरिहरभवनबाट मिति २०६७।०३।१७ मा जारी भएको । उक्त कर निर्धारण हुन नपर्ने वा परिवर्तन गर्नुपर्ने कुनै ठोस प्रमाण भए उक्त पत्र प्राप्त गरेको मितिले १५ दिनभित्र कर अधिकृतसमक्ष पेस गर्नु अन्यथा सर्वसञ्‍चित कोषमा दाखिला हुने गरी रकम जम्मा गर्नहुन भनी ठुला करदाता कार्यालय, हरिहरभवनबाट मिति २०६७।०३।१७ मा करदातालाई सूचित गरिएको । उक्त कर निर्धारण आदेश र सोसम्बन्धी सूचना करदाताले सोही मितिमा बुझी लिएको । उक्त कर निर्धारण आदेशबमोजिम यस कम्पनीलाई कर तथा जरिवाना निर