निर्णय नं. १०९२१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९२१ - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/०९/१३ १०७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति स् २०७८।९।१३ ०७५(ध्इ(०५४१ मुद्दाः उत्प्रेषण निवेदक स् काठमाडौं जिल्ला, बागबजार स्थित त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पसमा कार्यरत उपप्राध्यापक सुरेश आचार्य विरूद्ध प्रत्यर्थी स् त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्, कीर्तिपुर काठमाडौंसमेत सार्वजनिक संस्थामा कार्यरत पदाधिकारी वा कर्मचारीहरूका लागि निर्धारित पदीय आचरणअनुकूल अनुशासन कायम गराउने कुराको उत्तरदायित्व पनि सो संस्थामा रहने । सामान्य व्यवस्थापकीय काम कारबाहीको विषयलाई लिएर रिट क्षेत्राधिकारको विषय बनाउनु उचित नहुने । अधिकारक्षेत्रात्मक त्रुटि, गम्भीर अन्यायको अवस्था जस्ता आधारभूत कारणहरू विद्यमान रहेको नदेखिएसम्म संस्थागत रूपमा थालनी गरिएको स्पष्टीकरण सोध्नेसम्मको सामान्य अनुशासनात्मक कारबाहीको विषयलाई लिएर पुनरावेदन आयोगमा पुनरावेदन दिन सकिने प्रभावकारी वैकल्पिक उपचारको व्यवस्था समेत कायम रहेको अवस्थामा अदालतको असाधारण क्षेत्राधिकारबाट हस्तक्षेप गर्नु मनासिब नहुने । ९प्रकरण नं।३० निवेदकका तर्फबाट स् विद्वान् अधिवक्ताद्वय श्री वासुदेव शर्मा र श्री बद्रिराज भट्ट प्रत्यर्थीका तर्फबाट स् विद्वान् अधिवक्ता श्री राजेन्द्र खनाल अवलम्बित नजिर स् सम्बद्ध कानून स् आदेश न्या।ईश्वरप्रसाद खतिवडा स् नेपालको संविधानको धारा ४६ तथा १३३९२० र ९३० बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छस् तथ्यगत बेहोरा निवेदक त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पसमा ग्रामीण विकास कार्यक्रम विषयको विभागीय प्रमुख भई जिम्मेवारी पूरा गरी आएको छु । हाल म निवेदक पद्मकन्या बहुमुखी क्याम्पसको कार्यकारी सञ्चालक समितिको सदस्यसमेत छु । क्याम्पसमा सेवा गरिरहेको अवस्थामा म निवेदकलाई पूर्वाग्रही रूपमा प्रत्यर्थी त्रि।वि। कार्यकारी परिषद्बाट त्रि।वि। शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ७७ बमोजिम आचरण सम्बन्धमा कारबाही गर्ने भनी मिति २०७५र२र१३ मा निर्णय गरी क्याम्पस प्रमुखलाई पत्राचार भयो । उक्त पत्र बेहोराका सम्बन्धमा ऐ। नियमको नियम ८३९ङ० बमोजिम सामान्य सजाय गर्ने अख्तियारप्राप्त अधिकारी क्याम्पस प्रमुखले सत्यतथ्य यथार्थ पत्ता लगाउनका लागि मिति २०७५र३र२१ मा ३ सदस्यीय समिति गठन गरेको र उक्त समितिले छानबिन गरी सबै तथ्य बुझी मेरो कार्यसम्पादन, आचरण, व्यवहार सम्बन्धमा कुनै पनि कैफियत नरहेको भनी कारबाही गर्न नहुने राय व्यक्त भएको थियो । यसै सम्बन्धमा क्याम्पस प्रमुखले म निवेदकलाई सफाइ पेस गर्नेबारेको मिति २०७५र५र४ को पत्रद्वारा स्पष्टीकरण माग्नुभएकोमा सो पत्र बुझेको मिति २०७५र५र१२ ले म्यादभित्र मैले भएको यथार्थ बेहोरा खुलाई मिति २०७५र५र१७ मा लिखित स्पष्टीकरण दिएको थिएँ । यसरी त्रि।वि। शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० को दफा ८९ बमोजिम सजाय गर्ने अख्तियारप्राप्त अधिकारी क्याम्पस प्रमुखले सजाय गर्न नमिल्ने बेहोराको मिति २०७५र५र१७ च।नं। ४४९र०७५ को त्रि।वि।रजिस्ट्रारको कार्यालयमा प्रेषित भएको पत्रबमोजिम नै म निवेदकमाथिको आरोप कारबाही निप्टारा भइसकेको अवस्था छ । सजाय गर्ने अधिकारी क्याम्पस प्रमुखबाट नै कारबाही गर्न नमिल्ने भनी सम्बन्धित प्रत्यर्थी नि