निर्णय नं. १०९२४ - फैसला मिलापत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९२४ - फैसला मिलापत्र बदर भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/१२/१५ ११६१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७८।१२।१५ ०७२-CI-१५१४ मुद्दा:- फैसला मिलापत्र बदर निवेदक / वादी : सर्लाही जिल्ला, हरिपूर्वा गाउँ विकास समिति वडा नं.५ मा बस्ने मोला साहको छोरा बद्री साह कानु विरूद्ध विपक्षी / प्रतिवादी : ऐ.ऐ. बस्ने रामनन्दन राय "धर्मलोप" को अर्थ गर्दा गुठी राख्ने उद्देश्यविपरीत काम गर्नु, गुठिको जग्गा कुनै तरहले नास्नु वा मास्नु, परम्परानुसार गुठी सञ्चालन नगर्नु भन्ने बुझिने । "धर्मलोप गरेको" भन्ने देखिन आएको अवस्थामा गुठिको महलको १६ नं. को हदम्यादसम्बन्धी खुला व्यवस्था नै आकर्षित हुने भई धर्मलोप गरेको अवस्थामा जहिलेसुकै हकदारले नालिस दिनसक्ने गरी हदम्यादको अवधारणालाई नियन्त्रण गरेको भन्न नमिल्ने । (प्रकरण नं.७) गुठी जग्गाको स्वरूप वा प्रकृति समाप्त हुने गरी भएको निर्णय जहिलेसुकै बदर गर्न मिल्ने कानूनी व्यवस्था रहे भएको स्थिति हुँदा भूमिसुधार कार्यालयबाट कुनै निर्णय भएको भरमा वा त्यसउपर पुनरावेदन वा उजुरी नपरेकै आधारमा वा निर्णय बदरको आडमा हदम्यादभित्र नपरेको भन्ने आधारमा यस्ता काम कारबाहीलाई सदर गर्दै जाने हो भने गुठी जस्तो सार्वजनिक उद्देश्यका लागि राखिएका जग्गा कपट वा मिलेमतोमा समाप्त हुँदै जाने अवस्था सिर्जना हुने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ता श्री जगदेव चौधरी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव अवलम्बित नजिर : ने.का.प.२०७३, अङ्क १०, नि.नं.९६८८ ने.का.प.२०७६, अङ्क ३, नि.नं.१०२२५ सम्बद्ध कानून : भूमि सुधार ऐन, २०२१ सुरू तहमा फैसला गर्नेः भूमि सुधार अधिकृत श्री भक्तमान क्षेत्री भूमि सुधार कार्यालय, सर्लाही पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी माननीय न्यायाधीश श्री नीता गौतम दिक्षित पुनरावेदन अदालत जनकपुर फैसला न्या.डा.कुमार चुडाल: पुनरावेदन अदालत जनकपुरको मिति २०७१।७।१७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दर्ता हुन आई यस अदालतको मिति २०७२।११।१० को आदेशले दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रूपमा परिणत भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड जिल्ला सर्लाही, गाउँ विकास समिति हरिपुर्वा वार्ड नं.७ मा स्थित श्री रामजानकी मन्दिरको महन्थ स्व.रामनारायण दास बैरागीले मठमा रहेको फूलबारी बगैँचा श्री ठाकुर रामजानकीज्यूको राजभोग धुप आरतीसाथ सन्तको सेवा गर्ने गरी रामकुमार दासलाई २०१६ मा वंदेजी पत्रको लिखतअनुसार आफ्नो नाउँमा जग्गा दा.खा. दर्ता गराई लिएपछि बेइमानी नियत चिताई स्व.रामकुमार दासको नाउँमा दर्ता रहेको जिल्ला सर्लाही, गाउँ विकास समिति भुतहा खजुरीया वार्ड नं.५(क) कि.नं.१३६ को क्षेत्रफल ०-११-१२, ऐ.ऐ. वार्ड नं.५(क) कि.नं.१९५ को क्षेत्रफल ०-१२-११, ऐ.ऐ. कि.नं.४० को क्षेत्रफल ०-१६-१९ समेत जग्गाको विपक्षी बद्री साह कानूलाई मिति २०४२।२।७ को मिति राखी दोहोरो कबुलियत गरिदिएको आधारमा भूमि सुधार कार्यालय, सर्लाहीको मिति २०५३।७।२१ को टिप्पणी निर्णयअनुसार विपक्षी बद्री साहले मोही प्रमाण पत्र प्राप्त गरिसकेपछि मोही