निर्णय नं. १०९२५ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९२५ - जग्गा खिचोला भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/०८/२८ १६७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७८।८।२८ ०७०-CI-११५३ मुद्दाः जग्गा खिचोला पुनरावेदक / प्रतिवादी : जिल्ला रौतहट, गौर नगरपालिका वडा नं. २ बस्ने नगिनाप्रसाद चौधरी कलवार विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला रौतहट, गौर नगरपालिका वडा नं. २ बस्ने सनझरिया कुमारी साह नेपाल सरकारको नाममा कायम रहेको तथा नक्सामा सार्वजनिक बाटो कायम देखिएको जग्गामा कानूनबमोजिम बाहेक कुनै पनि व्यक्तिले निर्माण कार्य गरी भोगचलन गर्न तथा बसोबास गर्न नपाउने । सार्वजनिक जग्गा मिची निर्माण भएको घर भत्काई खिचोला मेटाउन हदम्यादको प्रश्न बाधक नहुने । (प्रकरण नं.६) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री गोमा सुवेदी वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुरज अधिकारी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या. श्री कृष्णप्रसाद बास्तोला रौतहट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री सरिता शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या.नहकुल सुवेदी : पुनरावेदन अदालत हेटौंडाको मिति २०७०/१०/५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड मैले रूकमणी मानन्धरबाट मिति २०६४/१०/२ मा लिखत पारित गराई लिएको जिल्ला रौतहट, गौर नगरपालिका, वडा नं. ८ कि.नं. ६०२ को ०-०-८१/२ (साढे आठ धुर) जग्गा सोही दिन गौर नगरपालिकाले प्रमाणित गर्दा सो जग्गामा घर नभई ट्रान्सफर्मर चोकदेखि गाउँ जाने इँटा सोलिङ गरेको बाटोसँग जोडिएको जग्गा हो भनी प्रमाणित गरिदिएको छ । सो जग्गाको उत्तरतर्फ महेश्वरको कि.नं. ६०० तथा विपक्षीहरू शम्भु साह र हरिश्चन्द्र साहको नाममा संयुक्त नामसारी दर्ता भएको कि.नं. ६०१ को ०-०-७३/४ जग्गाको दक्षिणतर्फ नक्सामा अङ्कित सडक र सोदेखि दक्षिण प्रतिवादी नगिनाप्रसाद चौधरीको कि.नं. ७९९ को ०-०-१२१/२ धुर जग्गा कित्ता रहेको र मेरो कि.नं. ६०२ को जग्गाको दक्षिण र नगिनाप्रसादको जग्गाको पूर्वतर्फ प्रतिवादी लक्ष्मीनियादेवीको कि.नं. ९६३ को ०-१-६१/२ जग्गा रहेको छ । यसरी कि.नं. ६०२ को दक्षिण मुखमा सार्वजनिक सडक रहेको र सडकभन्दा दक्षिणमा निज प्रतिवादीहरू नगिनाप्रसाद र लक्ष्मीनियादेवीको जग्गा भएकोमा विपक्षीहरू आपसमा मिली २०६६/२/२ का दिन बिहान प्रतिवादी नगिनाप्रसाद र लक्ष्मीनिया देवीले मेरो जग्गाभन्दा दक्षिणको नक्साको सार्वजनिक पूरै सडकलाई र सो सडकभन्दा उत्तर पर्ने मेरो कि.नं. ६०२ को जग्गाको दक्षिणबाट करिब ०-०-२१/२ जग्गालाई समेत जबरजस्तीका साथ मिची कब्जा गरी प्रतिवादी नगिनाप्रसादले खिचोला गरी पक्की घरसमेत निर्माण गर्न लागेका छन् । अर्का प्रतिवादी लक्ष्मीनियादेवीले पनि सो मेरो जग्गाभन्दा दक्षिण १८/२० फिट चौडा भएको सार्वजनिक सडक पूरै मिची मेरो नम्बरी जग्गामध्येको दक्षिणतर्फबाट करिब ०-०-११/२ धुर जग्गासमेत जबरजस्ती मिची चापी खिचोला गरेको र उत्तरतर्फबाट पनि सोही मिति समयमा प्रतिवादी हरिश्चन्द्र साह र शम्भु साहले ०-०-१, अर्का प्रतिवादी महेश्वर साह तेलीले ०-०-१ जग्गा मिची मेरो जग्गाको बिचबाट प्रतिवादीहरूले बाटो