निर्णय नं. १०९२८ - लागु औषध खैरो हेरोइन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९२८ - लागु औषध खैरो हेरोइन भाग: ६४ साल: २०७९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/०३/०९ ४२०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७८।३।९ ०७७-CR-०१३६ मुद्दा:- लागु औषध खैरो हेरोइन पुनरावेदक / वादी : प्र.ना.नि. दिलबहादुर महराको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कृष्णबहादुर न्यौपानेको छोरा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.२ बस्ने सञ्जय न्यौपानेसमेत सँगसँगै रहेको साथीसँग गैरकानूनी चिजवस्तु बरामद हुनु र सो वस्तुसँग अन्य सँगसाथका व्यक्तिहरूको संलग्नता हुनु भिन्न कुरा हुन् । कसैसँग सँगसँगै रहेको समूहमा पक्राउ परेकै भरमा थाहासम्म पनि नपाएको विषयमा कसुरदार ठहऱ्याउनु न्यायसङ्गत नहुने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क १२, नि.नं.८७४३ सम्बद्ध कानून : लागु औषध नियन्त्रण ऐन, २०३३ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री विष्णुप्रसाद अर्याल कैलाली जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल माननीय न्यायाधीश श्री राजकुमार वन उच्च अदालत दिपायल फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.२ मिलनचौकस्थित पूर्वमा सञ्जय न्यौपानेको पक्की घर, पश्चिममा उपेन्द्र घिमिरेको पक्की घर र उत्तर-दक्षिण ट्राफिक चौराहादेखि त्रिनगर भन्सार जाने मूल सडकखण्ड यति चार किल्लाभित्र रहेको स्थानमा सन्तोष भट्ट, सञ्जय न्यौपाने, सरोज भट्ट र सुरेन्द्र भट्टसँग लागुऔषध हुन सक्ने शङ्का लागेर शरीर खानतलासी गर्दा सन्तोष भट्टले लगाई राखेको पाइन्टको खल्तीमा एक फायल (१५ ट्याब्लेट) नाइट्रोभेट, प्रतिवादी सुरेन्द्र भट्टले बोकेको कालो झोलाभित्र २ फायल (३० ट्याब्लेट) नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मो प्रोक्सिभन, ४ सिसि डाइलक्स लेखिएको झोल पदार्थ र सरोज भट्टले लगाई राखेको पाइन्टको खल्तीमा प्लाष्टिकभित्र २ पुडिया बनाई राखेको प्लाष्टिकसहितको तौल गर्दा १६ ग्राम, खुद तौल गर्दा १४ ग्राम खैरो हेरोइन र सिक्का थान १ फेला परेको भन्नेसमेत बेहोराको बरामदी तथा खानतलासी मुचुल्का । मिति २०७३।१२।३ गते बेलुकी १९.०० बजेको समयमा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. २ मिलनचौक एरियामा मसमेतको टोली आवश्यक सूचना सङ्कलन, वस्तुस्थिति बुझ्नेसमेतको कार्यको लागि खटिएको अवस्थामा मिलनचौकस्थित सडक किनारामा सन्तोष भट्टमाथि शङ्का भई निजको शरीर खानतलासी गर्दा एक फायल (१५ ट्याब्लेट) नाइट्रोभेट फेला पारी बरामद गर्न लाग्दा निज सन्तोष भट्टले विभिन्न प्रलोभनका कुरा गरिरहँदा सोही बरामदी स्थाननजिक सञ्जय न्यौपाने, सरोज भट्ट, सुरेन्द्र भट्टसमेत आई सन्तोष भट्टको पक्षमा कुरा गरेपछि निजहरूको समेत शरीरको खानतलासी गर्दा प्रतिवादी सुरेन्द्र भट्टले बोकेको कालो रङ्गको पिठ्युँमा बोक्ने झोलाभित्र २ फायल (३० ट्याब्लेट) नाइट्रोभेट, ८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन, ४ सिसि डाइलक्स लेखिएको झोल पदार्थ र सरोज भट्टले लगाएको पाइन्टको खल्तीमा प्लाष्टिकभित्र २ पुडिया बनाई राखेको प्लाष्टिकसहितको तौल गर्दा १६ ग्राम खुद तौल गर्दा १४