निर्णय नं. १५४३ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५४३ - अंश भाग: २४ साल: २०३९ महिना: असार अंक: ३ फैसला मिति :२०३९/०३/०४ २४४० निर्णय नं. १५४३ ने.का.प. २०३९ अङ्क ३ फुलबेञ्च सम्माननीय न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको देवानी फुल नम्बर ४१ फैसला भएको मिति : २०३९।३।४ मा निवेदक/वादी : का.जि.का.न.पं.वार्ड नं.३१ कमल पोखरीको हाल बानेश्वर डेरा गरी बस्ने हेमकुमारी ठाकुर, ऐ.ऐ.डेरा बस्ने हरेन्द्रकुमार ठाकुर विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने बलदेव ठाकुरको मुद्दा सकार गर्ने र आफ्ना हकमा समेत ऐ.बस्ने दुर्गा ठाकुर मुद्दा : अंश (१) २०२३ सालमा जन्मेको हरेन्द्रकुमार २०२० सालमा थुनामा परेकाको विर्यबाट जन्मेको छोरा हो भन्ने सरासर झुठ्ठा कुराको जिकिर लिएको देखिने । (प्रकरण नं. १७) (२) हाम्रो जस्तो हिन्दु समाजमा पवित्रताको दृष्टिबाट आफ्नो आचरणमा कलंक लाग्ने गरी त्यसै कसैको स्वास्नी हुँ भनी भन्न गार्हो हुन्छ । अतः माथि लेखिएको बुँदा प्रमाणबाट प्रतिवादीको छोरासमेत ठहर्ने हुनाले वादीहरुले अंश पाउने । (प्रकरण नं. १८) निवेदक तर्फबाट : विद्वान व.अ.श्री कृष्णप्रसाद पन्त र विद्वान व.अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान व.अ.श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान व.अ.श्री लक्ष्मण अर्याल फैसला प्र.न्या.नयनबहादुर खत्री १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ : पति वलदेव ठाकुरले जातको रीत पुर्याई ०१७ साल बैशाखमा विवाह गर्नु भएको थियो । पति र म लोग्ने स्वास्नी भई बसी आएको दुर्गा ठाकुर समेत सगोलमा बसी आएको, सौतिनी छोरा दुर्गा ठाकुरको विवाह भई सकेको ऋषिदेवको विवाह हुन बाँकी पतिको विर्यबाट मेरो गर्भ रहन गई छोरा हरेन्द्रकुमार ठाकुरको जायजन्म भएको छोरी परलोक भइन । सौताको छोरा दुर्गाले ०२६।९।२६ गते बेलुका केही नदिई निकाला गरेकोले छोरा साथ लिई बानेश्वरमा डेरा गरी आएको छु । ०२७।८।३ गते अंश माग्दा जानेको गर् भनेबाट अंश नदिएकोले सरकारीया दस्तूर समेत दाखिल गर्न नसक्ने भएकोले कोर्ट फिमा पक्राउ नगरी अंश दिलाई पाउँ भनी वादीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको निवेदनमा व्यहोरा साँचो भए ठाडै बुझी कानून बमोजिम गर्नु भन्ने का.जि.अ.का नाउँमा बक्स भई आएका प्रमांगी अनुसार कारवाई गराई माग्न बलदेव तथा दुर्गा ठाकुर समेतका उपर अंशमा दावा लिंदै ०२७।९।१२ मा वादी हेमकुमारीको बयान भएको रहेछ । ३. वादीले फिरादमा आफ्नो जात र बाबुको घर समेत उल्लेख गर्न र विवाह गर्दा आफ्ना संरक्षकको पनि उपस्थिती तथा यो व्यक्तिसँग सम्पर्क राखी विवाह गरेको हो भन्न समेत सकेको पाइँदैन । त्यस बखत म बलदेव ६० बर्षको थिएँ । वादी लेखमा निज १५।१६ बर्षको रहेको देखिन्छ । वादी ठाकर जातको छोरी म हजाम जातको मानिससँग त्यस उमेरमा विवाह गरी दियो होला भन्न सकिदैन । वादी र एउटा लोग्ने मानिस ०२१ साल तिर डेरा खोज्न भनी आएका थिए र रु.३०।–का दरले कोठा बहालमा दिई राखेको थिएँ । लोग्ने मानिस को ? भन्दा कहिले भाइ कहिले माइतीका मानिस भन्द थिइन् । पति खोई भन्दा ब्यारेकमा हुनुहुन्छ । आजकल जिल्लामा खटिनु भएको छ भन्दथिन् । गर्भधारण गरेको देखी सोद्धा जिल्लाबाट आई सक्नु भयो ब्यारेकमा हुनुहुन्छ । बी