निर्णय नं. १०९३१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९३१ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०३/०२ ८३७४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति स् २०७९।३।२ ०७७(ऋँ(०००५ मुद्दाः( कर्तव्य ज्यान वादी स् जिल्ला मोरङ, पाटी गा।वि।स।, वडा नं। १ वारेफुङ बस्ने शेरबहादुर राईको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी स् भद्रलाल राईको छोरी, जिरा भन्ने हंशबहादुर राईको श्रीमती, जिल्ला मोरङ, साबिक पाटी गा।वि।स।, वडा नं। १ वारेफुङ बस्ने ऐश्वर्य भन्ने आइसोरी राई मानसिक अवस्था बिग्रेको कारण निजले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने अवस्था हो वा होइन भन्ने प्रश्न चिकित्सकीय दृष्टिले निदान गरिएको ९मष्बनलयकभम० पागलपनका अतिरिक्त निजको व्यक्तिगत विवरण ९अबकभ जष्कतयचथ०, निजको आचरण तथा निजले गरेको कार्यसँग सम्बन्धित अन्य तथ्य र परिस्थितिको विश्लेषणबाट निर्धारण गर्नुपर्ने । कानूनी दृष्टिमा पागलपनको निर्धारण घटना घटेको समयमा कर्ताको मानसिक अस्वस्थताको स्तर तथा निजले गरिरहेको कार्यको प्रकृति र परिणाम वा असरबारेको अनभिज्ञता वा सोको जानकारी राख्न सक्ने क्षमताका आधारबाट गरिनुपर्ने हुँदा स्वास्थ्यसम्बन्धी प्रतिवेदन वा विशेषज्ञको राय सो सम्बन्धमा निर्णायक नभई निर्णयमा पुग्नका लागि महत्त्वपूर्ण प्रमाणसम्म हुने । चिकित्सकीय दृष्टिमा मानसिक असन्तुलन वा पागलपनको प्रकृति र गम्भीरता फरकफरक हुने भएकाले चिकित्सकीय दृष्टिले पागलपन ठहरिएको सबै अवस्था ९अबकभ० कानूनी दृष्टिमा पागलपन मानिनुपर्छ भन्ने कुनै जरूरी ठानिँदैन । तथापि कानूनी दृष्टिमा मगज बिग्रेको स्थापित हुन प्रतिवादीको स्वास्थ्य जाँच प्रतिवेदनबाट उक्त तथ्य पुष्टि भएकै हुनुपर्ने । ९प्रकरण नं।६० कसुरदारमा मानसिक अस्वस्थताको अन्य प्रमाण भएको तर कसुर कायम नहुन वा सजायबाट उन्मुक्ति पाउन आवश्यक पूर्वावस्था विद्यमान नभएको अवस्थामा भने अभियुक्तमा दोषको मात्रा ९अगउिबदष्ष्तिथ० मा कमी भएको ९मष्mष्लष्कजभम अबउबअष्तथ० मानी न्यून सजाय गर्नु फौजदारी न्यायको मान्यताअनुकूल हुने । ९प्रकरण नं।१३० कसुरदारले मानसिक अवस्था बिग्रेको आधारमा कसुरबाट सफाइ पाउनुपर्ने जिकिर लिँदा वारदात मितिभन्दा अघिदेखि नै प्रतिवादीको मानसिक अवस्था बिग्रेको थियो भन्ने तथ्य मिसिलबाट स्थापित हुनुपर्ने । वारदातपूर्व नै प्रतिवादीको मानसिक अवस्था बिग्रेको थियो भन्ने तथ्यगत प्रमाण मिसिलबाट देखिएको र त्यस्तो मानसिक असन्तुलनको अवस्था वारदात हुँदा र प्रतिवादीको स्वास्थ्य जाँच हुँदाका अवस्थासम्म निरन्तर कायम रहेमा ९अयलतष्लगष्तथ या अजबष्ल या भखष्मभलअभ० मात्र पागलपनका आधारमा फौजदारी दायित्वबाट उन्मुक्ति प्राप्त गर्ने चिकित्सकीय आधार सिर्जना हुने । सोको प्राथमिक प्रमाण प्रतिवादीको मानसिक अवस्थाको चिकित्सकीय जाँच प्रतिवेदन नै हो । तथापि मिसिल तथ्यबाट प्रतिवादीको मानसिक अवस्था वारदातपूर्व नै बिग्रिएको थियो भन्ने देखिन आएको स्थितिमा स्वास्थ्य जाँच प्रतिवेदन नभएकै आधारमा मिसिलबाट देखिएको मानसिक अस्वस्थताको यथार्थलाई इन्कार गर्नु न्यायोचित नहुने । ९प्रकरण नं।२९० वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी प्रतिवादीका तर्फबाट स् विद्वान् वैतनिक अधिवक्ताहरू श्री सुधा धिताल र श्री अमिता गौतम अवलम्बित नजिर स् सम्बद्ध कानून स् सुरू तहमा फैसला गर्नेस्( मा। न्यायाधीश श्री फण