निर्णय नं. १०९३३ - मानव बेचबिखन तथा ओसारपसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९३३ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७८/०३/०६ १६०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।३।६ ०७४-CR-०८११ मुद्दाः- मानव बेचबिखन तथा ओसारपसार पुनरावेदक / वादी : परिवर्तित नाम देउलेक १ को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बैतडी, कटौजपानी गा.वि.स. वडा नं. ५ बस्ने पाइलट भन्‍ने नरेशबहादुर विष्टसमेत प्रचलित कानूनले कसुरदार ठहर भएकोमा नैतिक पतन देखिने कसुर गरेको स्थापित गर्नुपर्ने गरी बाध्यात्मक स्थितिको सिर्जना नगरेको अवस्थामा दाबी गर्न पाउने र दाबी गरेकै आधारमा मात्र नैतिक पतन देखिने कसुर गरेको भनी स्थापित गर्नु न्यायोचित नहुने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री लोकबहादुर कटुवाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री ध्रुवकुमार शाह बैतडी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ (१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । मुद्दाको तथ्य एवं पुनरावेदन अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसलाको बेहोरा सो अदालतको फैसलाबाट देखिने हुँदा यसमा पुनरावृत्ति गरिएको छैन । पुनरावेदक वादीको पुनरावेदन जिकिर तथा यस अदालतको निर्णय यसप्रकार छः वादी नेपाल सरकारको पुनरावेदन पत्र १७ वर्षीय परिवर्तित नाम देउलेक १ लाई घुम्न जाने प्रलोभन पारी बेचबिखनका उद्देश्यले भारत पुर्‍याई करकापमा जबरजस्ती करणीसमेत गरेको भन्ने विषयलाई लिएर प्रतिवादी नरेशबहादुर विष्ट, नरेन्द्र विष्ट र हिमा विष्टउपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ (१) विपरीत दफा ३(२) र ऐ. दफा ४(१)(ख) तथा ४(२)(क) र (ख) बमोजिमको कसुर अपराधमा सोही ऐनको दफा १५ (१)(ख) र (ङ)(१) बमोजिम सजाय हुन, प्रतिवादीमध्येका नरेशबहादुर विष्ट र हिमा भट्ट (विष्ट) ले पीडितलाई नेपालबाट भारतको बेङ्गलोरसम्म पुर्‍याएकोमा निजहरूलाई ऐ. ऐनको दफा १५(२)(ख) को कसुरमा सोही दफाबमोजिम समेत सजाय हुन र दफा १७ बमोजिम प्रतिवादीहरूबाट पीडितलाई मनासिब माफिकको क्षतिपूर्ति दिलाई भराइदिन तथा ऐ. को दफा २२ बमोजिम निज तीनै जना प्रतिवादीहरूउपर नैतिक पतनको कसुर स्थापित गराई पाउन माग दाबी लिई अभियोग पत्र दायर भएकोमा बैतडी जिल्ला अदालतबाट प्रतिवादी नरेशबहादुर विष्ट र हिमा भट्ट (विष्ट) लाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ (२)(ख) को कसुरमा प्रतिवादी नरेशबहादुर विष्टलाई सोही ऐनको दफा १५ (१)(च) बमोजिम ५ वर्ष कैद र प्रतिवादी हिमा भट्टलाई ऐ. को दफा १५ (१)(ज) बमोजिम २ वर्ष ६ महिना कैद हुने, निज प्रतिवादीहरूबाट ऐ. ऐनको दफा १७ बमोजिम पीडितले क्षतिपूर्तिबापत रू.५०,०००/- भराइपाउने तथा अर्का प्रतिवादी नरेन्द्र विष्टले आरोपित कसुरबाट सफाइ पाउने ठहरी फैसला भएको थियो । सो फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी नरेशबहादुर विष्टसमेतको पुनरावेद