निर्णय नं. १०९३५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९३५ - उत्प्रेषण / परमादेश भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/१०/१३ ९८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना आदेश मिति : २०७७।१०।१३ ०७७-WO-०३५४ विषयः उत्प्रेषण / परमादेश निवेदक : रौतहट जिल्ला, साबिक पदनपुर गा.वि.स. वडा नं.८ हाल भक्तपुर जिल्ला, मध्यपुर थिमी न.पा.वडा नं.९ घर भई मिति २०६६।२।२४ को निर्णय र सोही मितिको पत्रबाट नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.तृतीय (प्रा) इन्जिनियर पदमा नियुक्ति पाई हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यालय, धादिङमा सोही पदमा कार्यरत राकेशराज मिश्रसमेत विरूद्ध विपक्षी : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत कुनै निकायमा रहने दरबन्दी, पद सोपान तथा पद कायम गर्ने नगर्ने भन्‍ने विषय आवश्यकताको आधारमा कार्यकारिणीबाट निर्धारण हुने । संवैधानिक वा कानूनी व्यवस्थाबमोजिम कुनै काम भइरहेको छ वा छैन भनी संवैधानिक वा कानूनी प्रश्‍नको निरूपण अदालतबाट हुने हो । कार्यकारी वा प्रशासनिक प्रक्रियाबाट टुङ्गो लगाउने विषय अर्थात् पद सिर्जना गर्ने काम न्यायपालिकाको कार्यक्षेत्रभित्रको विषय हो भन्‍न नमिल्ने । सरोकारवाला निकायले संविधान वा ऐनको प्रत्यक्ष उल्लङ्घन गर्ने गरी कुनै काम गरेको प्रत्यक्षरूपमा नदेखिएमा वा नदेखाइएसम्म यसले गैरकानूनी काम भयो भनी कुनै व्यक्तिले अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत प्रवेश गर्ने कुराले मात्र मागबमोजिमको कारबाही र निर्णयको आधार बन्‍न नसक्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ताद्वय श्री नारायणप्रसाद पराजुली र श्री सुमन पौडेल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद जोशी अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ आदेश न्या.प्रकाशकुमार ढुंगाना : नेपालको संविधानको धारा ४६ तथा १३३ बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छः- तथ्य खण्ड हामी निवेदक माथि निवेदन खण्डमा उल्लिखित पदमा, सो खण्डमा उल्लिखित मितिदेखि ज्येष्ठता कायम हुने गरी नियुक्ति पाई सो खण्डमा उल्लिखित कार्यालयमा कार्यरत छौं । निजामती सेवा ऐनको दफा २१ बमोजिम बढुवाका लागि निवेदकको सेवा अवधि पुगेको र दफा २२ बमोजिम सम्भाव्य उम्मेदवार हुन नपाउने अवस्थासमेत नरहेको हुँदा रा.प. द्वितीय श्रेणीको पदमा हुने बढुवाको प्रतीक्षामा थियौँ र छौँ । निजामती सेवा ऐनको दफा ७ मा निजामती सेवाका पदहरूको पूर्तिसम्बन्धी व्यवस्था रहेको छ । उक्त दफामा रा.प. द्वितीय श्रेणीको पद १० प्रतिशत खुला प्रतियोगिताद्वारा, ३५ प्रतिशत कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाद्वारा, २० प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा र ३५ प्रतिशत ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ । त्यसैगरी निजामती सेवा ऐनको दफा ७क मा पदपूर्तिको माग गर्ने व्यवस्था रहेको छ । उक्त दफाको उपदफा (३), निजामती सेवा नियमावलीको नियम १३, १३क मा निजामती सेवाको पदपूर्तिको लागि माग गर्दा सो अवधिसम्म रिक्त हुन आएका पद र चालु आर्थिक वर्षभित्रमा अवकाश र बढुवाबाट रिक्त हुने पदसमेत यकिन गरी माग गर्नुपर्ने व्यवस्था छ । उल्लिखित कानूनी व्यवस्थाबमोजिम हालसम