निर्णय नं. १०९३६ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९३६ - अंश चलन भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०३/३० ३५६१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।३।३० ०७६-CI-०९९७ मुद्दाः अंश चलन पुनरावेदक / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.४ घर भई हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.४ थारढुङ्गा बस्ने डम्बर सिंह कार्कीकी नातिनी भास्कर सिंह कार्कीकी छोरी सरहना कार्कीको हकमा संरक्षक ऐ.ऐ.बस्ने गम्भीर सिंह रायमाझीकी छोरी प्राची रायमाझी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.४ भाटभटेनी बस्ने गणेशबहादुर कार्कीको नाति डम्बर सिंह कार्कीको छोरा भास्कर सिंह कार्की आमालाई नाबालिग छोरीको संरक्षक बन्न सक्षम मान्ने तर नाबालिग छोरीको सम्पत्तिको संरक्षक बन्न असक्षम हुने भन्न नमिल्ने । नाबालिग छोरीको हितविपरीत हुने कुनै कार्य गरी छोरीको अंश हकको सम्पत्ति हिनामिना वा अन्य तरहले नोक्सान पुग्ने स्थिति सिर्जना भएमा प्रचलित कानूनबमोजिमको उपचारको मार्ग अवलम्बन गर्न सकिने नै हुन्छ तर पहिले नै नाबालिग छोरीको हितविपरीत हुने गरी निजको नामको सम्पत्ति हिनामिना गर्लान् कि भन्ने आशङ्का गरी जसको संरक्षकत्वमा रही फिराद पर्न आएको हो निजैलाई सम्पत्तिको संरक्षक बन्न अयोग्य ठान्नु महिलाप्रति पूर्वाग्रहपूर्ण दृष्टिकोण राखेको देखिने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री यादवप्रसाद ढुङ्गाना, श्री देवी न्यौपाने र श्री शोभा कार्की प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विष्णुप्रसाद न्यौपाने अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान मुलुकी देवानी संहिता, २०७४ बालबालिकासम्बन्धी ऐन, २०४८ र २०७५ सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री पुष्पराज थपलिया काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री यज्ञराज भट्ट माननीय न्यायाधीश श्री रेखा थापा पाण्डे उच्च अदालत पाटन फैसला न्या.तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मुद्दाको संक्षिप्त तथ्य म फिरादी विपक्षी भास्कर सिंह कार्कीकी छोरी हुँ । विपक्षी पितासँग मेरी आमा प्राची रायमाझीको अंश, मानाचामल र सम्बन्ध विच्छेद भइसकेको र हाल म आमाको संरक्षणमा रहेकी छु भने मेरो अंश भाग विपक्षी पितासँग रहेको छ । विपक्षी पिताले म नाबालिग छोरीलाई बाबुको हैसियतले दिनुपर्ने माया ममता नदिई आमासँग बस्नुपरेको अवस्थामा मैले पाउनुपर्ने अंश दिन इन्कार गर्नुभएकोले सम्मानित अदालतसमक्ष न्यायका लागि प्रवेश गर्नुको विकल्प नभएकोले मुलुकी ऐन, अंशबण्डाको महलको २० नं., २१ नं., २२ नं., र २३ नं. बमोजिम तायदाती फाँटवारी माग गरी मेरो अंशहक छुट्याई चलनसमेत चलाई न्याय इन्साफ गरिपाउँ भन्ने बेहोराको नाबालिका सरहना कार्कीको हकमा प्राची रायमाझीको तर्फबाट परेको फिराद दाबी । मेरो नाबालिग छोरीको नामबाट संरक्षक बनी मेरी पूर्वपत्नी प्राची रायमाझीले मेरो विरूद्धमा अंश मुद्दा दायर गरेकोमा यसै सम्मानित अदालतबाट मिति २०७३।१२।३० मा भएको फैसला अन्तिम भइसकेको, निजको उमेर पर्याप्त रहेको अवस्थामा निज प्राची रायमाझीले अर्को विवाह गरी जाने प्रबल सम्भावना भएकोले मेरी नाबालिग छोर